कीवर्डहरू -

डिप फेकमार्फत मोर्फेड फोटो र भिडियोहरू फैलिन रोक्नका लागि यस्तो गर्नुहोस्

डिप फेकमार्फत मोर्फेड फोटो र भिडियोहरू फैलिन रोक्नका लागि यस्तो गर्नुहोस्

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को डिप फेक प्रविधि प्रयोग गरेर भिडियो र फोटोहरूको मोर्फिङ (सम्पादन) ठूलो खतरा बन्दै गएको छ । साइबर अपराधीहरूले यसलाई ठगीको हतियारको रूपमा प्रयोग गर्न थालेका छन्, तर यसबाट बच्ने उपाय पनि पक्कै छ  । एडिट गरिएका भिडियो र तस्बिरहरू स्टपएनसीआइआइ डट ओआरजी अर्थात् https://stopncii.org/ वेबसाइट मार्फत रोक्न सकिन्छ जसले रिभेन्ज पोर्नलाई रोक्छ । यसका लागि उजुरीकर्ताले सक्कली तस्बिर र भिडियो अनिवार्य राख्नुपर्नेछ ।

कसैको भिडियो र फोटोहरू सम्पादन गर्नु अब ठूलो कुरा होइन। हालै अभिनेत्री रश्मिका मानदनाको एउटा भिडियो भाइरल भएको छ थियो । पछि सो सामाग्री सम्पादन गरेर बनाएको खुलासा भयो । यसप्रतिष्ठित व्यक्तित्वहरु समेत यसको सिकार भइरहेका छन् । यस्तो अवस्थामा आम नागरिकलाई यसबाट उम्कन निकै गाह्रो छ ।

स्टपएनसीआइआइ डट ओआरजी वेबसाइटमा गएर आफ्नो केस बनाएर मोर्फ गरिएको फोटो–भिडियोसँगै मूल फोटो र भिडियो अपलोड गर्नुपर्नेछ । केस सत्य भएको पुष्टि हुने बित्तिकै यी भिडियोहरूलाई इन्टरनेट मिडियाका विभिन्न प्लेटफर्महरूबाट हटाइनेछ ।

यदि तपाईंसँग ओ्िजिनल फोटमो वा भिडियो सामाग्री छ भने, साइबर अपराधीहरूले मोर्फ गरिएको फोटो र भिडियोहरू फैलाउन सक्षम हुनेछैनन् । 
यसरी, यस वेबसाइटबाट एक अनुरोधमा धेरै प्लेटफर्महरूबाट कन्टेन्ट हटाइन्छ ।