कीवर्डहरू -

ह्वाट्सएपमा डिलिट फर मी गरिसकेको मेसेज रिकभर गर्न यस्तो गर्नुहोस्

ह्वाट्सएपमा डिलिट फर मी गरिसकेको मेसेज रिकभर गर्न यस्तो गर्नुहोस्

हाम्रो दैनिक जीवनसँग ह्वाट्सएपको प्रयोग जोडिएको छ । धेरैपटक एकजना ह्वाट्सएप प्रयोगकर्ताको फोनमा घरसँगै कार्यस्थलका मानिसहरूको नम्बर पनि हुन्छ । ह्वाट्सएपमा यस्तो धेरै प्रयोगकर्ताहरुसँग भईरहेको हुन्छ की कतै पठाउनुपर्ने सन्देश गल्तीले अर्को च्याटमा पठाइन्छ । ठ्याक्कै यस्तो समयमा ’डिलिट फर अल’ बटन काममा आउँछ । 

तर कहिलेकाँही कुनै सन्देश छिट्टै मेटाउने क्रममा धेरैपटक गल्तीले ’डिलिट फर मी’ बटनमा ट्याप हुन्छ । यस बटनमा ट्याप गर्नुको अर्थ अब यो सन्देश पठाउने व्यक्तिका लागि डिलिट भईसकेको छ । उसले अरू व्यक्तिहरूलाई यो सन्देश पढ्न र देख्नबाट रोक्न सक्दैन । यति मात्र होइन, सन्देश पठाउने ह्वाट्सएप प्रयोगकर्ताले चाहे पनि यो सन्देश सबैका लागि डिलिट गर्न सक्दैनन् ।

यदि कुनै मेसेज पठाउने व्यक्तिले डिलिट फर मी गरेमा यो सन्देश अरूका लागि मेट्ने विकल्प पनि हराउँछ । अब यो सन्देश आफ्नै लागि मेटिसकेका छन्, तर अरूका लागि मेट्नु आवश्यक छ भने पहिला यसलाई रिकभर गर्ने प्रक्रियामा जानु पर्छ ।

आफ्नै लागि डिलिट भएका मेसेजलाई रिकभर गर्न सकिन्छ । ह्वाट्सएप प्रयोगकर्ताले ’डिलिट फर मी’ बटन ट्याप गरेको पाँच सेकेन्ड भित्र सन्देशको एक्शनलाई अन्डू गर्न सक्नुहुन्छ । त्यति समय भित्र अन्डूमा ट्याप गरेमा सन्देश आफ्नै लागि मेटिनबाट बच्नेछ र अरूका लागि ’डिलिट फर अल’ गर्न सकिनेछ ।