कीवर्डहरू -

फोनको कभरभित्र नोट वा कार्ड राख्ने बानी छ ? सावधान! तपाईँको स्मार्टफोन विस्फोट हुन सक्छ

फोनको कभरभित्र नोट वा कार्ड राख्ने बानी छ ? सावधान!  तपाईँको स्मार्टफोन विस्फोट हुन सक्छ

आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा बनिसकेको छ । बैंकिङदेखि खरिद बिक्रीसम्म, लगभग हरेक काम अहिले यही डिभाइसमा निर्भर भएको छ ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, तपाईंको एउटा सानो बानीले तपाईंको महँगो स्मार्टफोनलाई क्षति पुर्या‍उन सक्छ? हो, यदि तपाईं पनि आफ्नो फोनको कभरभित्र नोट, एटीएम कार्ड वा अरु कुनै कार्ड राख्ने बानी गर्नुहुन्छ भने, अब सतर्क हुने बेला आइसकेको छ ।

गर्मीको मौसममा स्मार्टफोन चाँडै तात्ने गर्छ र यस्ता अवस्थामा यदि फोनको कभरभित्र कागज वा कार्ड राखिएको छ भने, डिभाइसको ताप सही तरिकाले बाहिर निस्कन सक्दैन् । यसले फोन ओभरहिट हुने सम्भावना बढाउँछ र केही केसहरूमा त विस्फोट हुने खतरा समेत हुन सक्छ ।

विशेषगरी जब फोनमा गेम खेल्ने वा भिडियो स्ट्रिम गर्नेजस्ता हेबी टास्कहरू गरिन्छन्, तब डिभाइस पहिले नै उच्च तापक्रममा चलिरहेको हुन्छ । त्यसैमा यदि यसको कूलिङ प्रणालीमा बाधा आयो भने अवस्था झनै खराब हुन सक्छ ।

यति मात्र होइन, फोनको पछाडि कभरमा कार्ड वा नोट राख्दा यसको एन्टेना प्रभावित हुन्छ, जसले सिग्नल कमजोर बनाउन सक्छ । यसको प्रत्यक्ष असर कल ड्रप हुने र इन्टरनेटको गति ढिलो हुने रूपले देखापर्छ ।

लगातार कमजोर नेटवर्क र तापका कारण ब्याट्रीमा पनि थप दबाव पर्न जान्छ, जसले गर्दा ब्याट्रीको आयु घट्न सक्छ वा पूर्ण रूपमा खराब हुन सक्छ । यस्ता अवस्थामा यो सानो तर खतरनाक बानीलाई तुरुन्तै त्याग्नु आवश्यक छ ।

फोनलाई गर्मीबाट जोगाएर राख्नु र यसको भेन्टिलेसन खुला राख्नु, विशेषतः गर्मीको मौसममा, डिभाइसको दीर्घायु र राम्रो प्रदर्शनका लागि अत्यन्त जरूरी हुन्छ । याद राख्नुहोस् — सावधानी नै सुरक्षा हो, र थोरै सतर्कताले तपाईंलाई ठूलो क्षति हुनबाट बचाउन सक्छ ।