कीवर्डहरू -

बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम

बोलेरै नेपाली टाइपिङ गर्न मन छ ? त्यसो भए उपयोगी हुन सक्छ लेख्नुस् डटकम

धेरैलाई नेपालीमा टाइपिङ गर्न अल्छी लाग्छ । यस्तो अवस्थामा बोलेरै नेपाली टाइप गर्न पाए सहज हुन्थ्यो भन्ने धेरैको जिज्ञासा हुन्छ ।

यही जिज्ञासालाई सम्बोधन गर्न बोलेरै नेपाली टाइपिङ गर्न सकिने प्लेटफर्म लेख्नुस् डटकम उपलब्ध भएको छ । नेपाली कम्पनी बर्क्ली कम्प्युटरले लेख्नुस् डटकम प्लेटफर्मको विकास गरेको हो । 

लेख्नुस् डटकमबाट नेपाली भ्वाइस टाइपिङ, रोमानाइज्ड नेपाली युनिकोड टाइपिङ, नेपाली युनिकोड टु प्रिति रूपान्तरण, प्रिति फण्टमा टाइप, नेपाली युनिकोड र प्रिति शब्दहरूको गणना गर्न सकिने छ । 

नेपालीमा बोलेरै टाइप गर्न लेख्नुस् डटकमको वेबसाइटमा गएपछि माइकको आइकनमा क्लिक गर्न सकिने छ । प्लेटफर्म अहिले बेटा चरणमै रहेको छ । 

प्रयोगकर्ताको सुझाव अनुसार लेख्नुस् डटकमलाई परिस्कृत गर्दै लैजाने बर्क्ली कम्प्युटरका संस्थापक भुपाल सापकोटाले जानकारी दिए । प्लेटफर्मका लागि केही सुझाव भए वेबसाइटमै दिन सकिने छ । 

यसमा नेपाली स्पेलचेकरको सुविधा समेत आउँदैछ ।