आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा डोल्मा इम्प्याक्ट फण्ड जलवायु कोषको घोषणा गरेको छ । मंगलबार ह्यात रिजेन्सीमा आफ्नो १० औं वार्षिकोत्सव मनाउँदै डोल्मा इम्प्याक्ट फण्डले जलवायु कोषको घोषणा गरेको हो ।
जलवायु कोष जलविद्युत, सोलार र हरित संक्रमणमा केन्द्रित हुनेछ । डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देलले सोल्मा जलवायु कोषको घोषणा गर्दे यस कोषले निजी पूँजीलाई देशमा आकर्षित गरी ग्लोबल क्लाइमेट फाइनान्समा सहभागी गराउन मद्दत गर्ने बताए ।
यस्तै कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका सीईओ टिम गोचरले नयाँ दशकमा प्रवेश गर्दै गर्दा वातावरण, सामाजिक तथा आर्थिक प्रभावका लागि प्रविधि, स्वास्थ्य सेवा, नवीकरणीय उर्जामा नवप्रवर्तन र सहकार्यलाई सशक्त बनाएर जलवायु रिजिलेन्समा प्रभाव सिर्जना गर्नमा ध्यान केन्द्रित गर्ने बताए ।
डोल्मा इम्प्याक्ट फण्डले एक दशकदेखि नेपालको आन्ट्रप्रेनर इकोसिस्टममा काम गर्दै आएको छ । कम्पनीले नेपालमा क्लाउड फ्याक्टरी, चिरायु अस्पतलात, वर्ल्डलिंक, फुडमाण्डु, फ्युजमसिन, सोलार फार्म, उपायसिटी कार्गो, दुगर फुड्स लगायतमा लगानी गरेको छ ।