कीवर्डहरू -

डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाइने, कम्पनीका सेयरहरू करिब आठ वर्षयताकै उच्चविन्दुमा

डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाइने, कम्पनीका सेयरहरू करिब आठ वर्षयताकै उच्चविन्दुमा

डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेका छन्।

यस खबरलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटोमोबाइल बजारमा यसको बढ्दो महत्त्व र ग्राहक आधारको संकेतका रूपमा लिएका छन्।

यस घोषणापछि हङकङको बजारमा डोंगफेंगका सेयरहरू एकै दिनमा झण्डै ६९ प्रतिशतले बढेर अन्तिममा ५७ प्रतिशत भन्दा बढी उच्च भइ बन्द भएका थिए । 

रिपोर्टहरूका अनुसार प्राइभेटाइजेसन सम्झौताको मूल्य करिब ७ अर्ब अमेरिकी डलरजतिको हुनेछ र यसलाई धेरैले डोंगफेंगको शक्ति र सम्भावनाप्रतिको नयाँ विश्वासका रूपमा व्याख्या गरेका छन्।

डोंगफेंग मोटर ग्रुपले दशकौंदेखि चीनको प्रमुख अटो कम्पनीको रूपमा सस्तो, भरपर्दो र ग्राहकमुखी सवारीसाधन उपलब्ध गराउने कम्पनीको रुपमा प्रतिष्ठा कमाएको छ। यो ब्राण्ड आफ्नो ‘भ्याल्यु-फर-मनी’का लागि चिनिन्छ, जुन किफायती मूल्य र राम्रो पर्फर्मेन्स गर्ने गाडीका रुपमा लाखौं चालकहरूको रोजाइमा परेको छ ।

प्राइभेटाइजेसन प्लान डोंगफेंगलाई दीर्घकालीन रणनीति अघि बढाउन अझ लचिलो बनाउन तयार गरिएको हो । स्वतन्त्रता बढेसँगै कम्पनी छिटो निर्णय लिन, सञ्चालनको क्षमता अझै मजबुत बनाउन र उद्योगमा आउने परिवर्तनहरूलाई छिटोसँग सामना गर्न अझ सक्षम हुनेछ ।

यसैबीच, डोंगफेंगले आफ्नै प्रिमियम इलेक्ट्रिक गाडीको ब्रान्ड VOYAH लाई छुट्टै लिस्टिंग गरेर हङकङ सेयर बजारमा ल्याउने तयारी पनि गरिरहेको छ। VOYAH ले तीव्रगतिमा बढ्दै गएको इलेक्ट्रिक गाडीको बजारमा कम्पनीको ठुलो प्रयासलाई प्रतिनिधित्व गर्छ।

यसले उपभोक्तालाई आधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यातायात समाधान उपलब्ध गराउँछ। बजारमा लिस्टिंग भएपछि VOYAH लाई आफ्नो वृद्धि थप अघि बढाउन, उत्पादनहरूको दायरा विस्तार गर्न र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाउन आवश्यक स्रोत प्राप्त हुनेछ ।

आगामी दिनमा डोंगफेंग मोटर ग्रुपले आफ्नो किफायतीपनको परम्परा कायम राख्दै नयाँपन र प्रविधिमैत्री भविष्यतर्फ अघि बढ्ने लक्ष्य लिएको छ ।