कीवर्डहरू -

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा १३७ मिलियन डलर लगानी

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा १३७ मिलियन डलर लगानी

चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया (VOYAH)  अटोमोबाइलमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरुप लगानी गरेको बताइएको छ।

डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ।

पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ। DFAM को ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन्। यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ।

भोया, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको भोयाले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ । विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण भोया डोङफेङको भविष्यको योजनामा महत्वपूर्ण हिस्सा हुनेछ। यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ ।