डोङफेङ नामीको भव्य शोरूम काठमाडौंको नागपोखरीमा उद्घाटन भएको छ । एमएडब्ल्यू वृद्धि मोटर्सले नागपोखरीमा डोङफेङ नामीको भव्य शोरूम सञ्चालनमा ल्याएको हो ।
नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको छ । सुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको छ । यसले नेपाली बजारमा नामीको बलियो माग देखाएको छ।
ग्राहकहरूलाई बहुआयामिक अनुभव प्रदान गर्ने गरी नयाँ शोरूमको डिजाइन गरिएको छ, जसले नामीका सुविधाहरू प्रदर्शन गर्दै विशेषज्ञ परामर्श प्रदान गर्ने र निर्बाध रूपमा आफ्टर सेल्स सर्भिस पनि प्रदान गर्नेछ।
'नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं', एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, 'यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं ।'
मेगा टेस्ट ड्राइभ क्याम्प
नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ।
यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ। ग्राहकहरूले “नाउ अर नेभर” मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ।
यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे गर्न पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।