डिजिटल युगमा साइबर सुरक्षा अति नै महत्त्वपूर्ण भइसकेको छ । हामीहरूको धेरै जसो समयमै अनलाइनमै बित्ने गरेको छ ।
त्यसैकारण साइबरको दुनियाँमा सुरक्षित साथ बस्नुपर्ने आवश्यकता छ । अहिलेको समयमा ‘साइबर हाइजिन’ फ्लो गर्नु अनिवार्य जस्तै हुन थालिसकेको छ ।
डिजिटल युगमा सुरक्षित रहन सबैभन्दा पहिले आफुले प्रयोग गर्नुपर्ने ल्यापटप, डेक्स्टप वा मोबाइल लगायतका डिभाइस सुरक्षित राख्नुपर्ने साइबर सुरक्षा विज्ञ तथा भैरव टेकका सीईओ विजय लिम्बु बताउँछन् ।
आफ्नो डिभाइसलाई सुरक्षित बनाउन समय समयमा सिस्टम अपडेट गर्नुपर्छ । पासवर्ड वा फेसलकमार्फत डिभाइसलाई सुरक्षित बनाउनु अति नै आवश्यक छ । डिभाइसमा डिभाइसमा एन्टिभाइरस पनि राख्दा राम्रो हुन्छ ।
त्यसपछि हामीले एक्सेस गर्ने माध्यमलाई सुरक्षित राख्नु पर्छ । डिजिटल अकाउन्टहरूमा एक्सेस गर्ने माध्यम भनेको युजेरनेम र पासवर्ड हो । सुरूमा हामीले यसलाई सुरक्षित राख्नुपर्छ । पासवर्डलाई बलियो बनाउनु पर्छ ।
बलियो पासवर्डका लागि जति सकिन्छ लामो पासवर्ष राख्ने र पासवर्डमा @#! जस्ता विशेष क्यारेक्टहरूको प्रयोग गर्नुपर्छ । अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन लागु गर्नु पर्छ ।
पासवर्ड बलियो राखेर मात्रै हुँदैन् । एउटै पासवर्ड सबै अकाउन्टमा राख्नु हुँदैन् । यसले झन ठूलो साइबर जोखिम निम्याउन सक्छ । त्यसैले अकाउन्ट अनुसार फरक फरक पासवर्ड राख्नुपर्छ । बेला बेला पासवर्ड परिवर्तन गरिरहनु पर्छ ।
आजभोलि सामाजिक सञ्जाल होस् वा इमेल होस् धेरै ठाउँमा विभिन्न लिंकहरू आइरहेका हुन्छन् । कुन लिंक सही, होइन ठम्याउनै गार्हो पर्छ । त्यसमाथि अवाश्यक लिंकमा क्किल गर्दा डिभाइस ह्याक हुने, क्रेडेन्सियल चोरी हुने र आफु साइबर आक्रमणको शिकार बन्ने सम्भावना प्रबल हुन्छ ।
त्यसैकारण कुनै पनि लिंकमा क्लिक गर्नु भन्दा अगाडि ३ पटक सोच्नुपर्ने लिम्बुको भनाइ छ । ‘लिंकमा क्लिक गर्दा हामीले ३ पटक सोच्नुपर्छ । मैले लिंक क्लिक गर्दा युजर नेम, पासवर्ड चोरी हुन्छ कि हुँदैन् । डिभाइस कम्प्रमाइज हुन्छ कि हुँदैन् सोच्नुपर्छ,’ लिम्बु सबैलाई सल्लाह दिदै भन्छन् ।