कीवर्डहरू -

डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने

डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने

अब डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ मा डोमेन नवीकरण गर्नुपर्ने प्रस्ताव गरिएको छ । 

प्रत्येक दुई वर्षमा तोकिए बमोजिमको दस्तुर बुझाई एनपी डोमेन नाम नवीकरण गर्नु पर्ने विधेयकमा उल्लेख गरिएको छ । तर सरकारी निकायको डोमेन नाम नवीकरण गर्नु पर्ने छैन । 

दर्ता भएका डोमेन नामसँग झुक्किने वा मिल्दोजुल्दो हुने गरी डोमेन नाम दर्ता गर्न वा गराउन पाइने छैन् । 

कसैले नियम विपरीत अनधिकृत रुपले डोमेन नाम प्रणाली सञ्चालन गरे वा गराएमा एक लाख रुपैयाँसम्म जरिबाना गर्न हुन सक्ने प्रावधान पनि विधेयकमा राखिएको छ । 

अब डट एनपी डोमेन नामको व्यवस्थापन पनि सूचना प्रविधि विभागले गर्नेछ । डट एनपी डोमेनमा नाम दर।ता गराउँदा विभागले तोकेको ठाउँमा गर्नुपर्नेछ । 

यद्यपी अहिले सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसदमा दर्ता गराएको छ । संसदमा छलफल भएर पारित भएपछि मात्रै यसले कानुनको रूप लिने छ ।