कीवर्डहरू -

डेटा संरक्षणका लागि डिपेक्स एशिया र वन कभरबीच सहकार्य

डेटा संरक्षणका लागि डिपेक्स एशिया र वन कभरबीच सहकार्य

एशियामा साइबर सुरक्षा र डाटा गोपनीयता सुदृढ पार्न मलेसियामा आधारित प्रमुख डाटा संरक्षण परामर्शदाता संस्था डेटा प्रोटेक्सन एक्सपर्ट्स (डिपेक्स) एशियाले नेपालकै शीर्ष साइबर सुरक्षा कम्पनी वन कभर प्रालिसँग रणनीतिक सम्झौता हस्ताक्षर गरेको छ ।

नेपालको डिजिटल कानुनी पूर्वाधारलाई बलियो बनाउन डिपेक्स एशिया र वन कभरबीच सहकार्य भएको हो । सम्झौतापत्रमा डिपेक्स एशियाका अध्यक्ष प्रा. अबु बकर मुनीर र वन कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारी (साइबर सुरक्षा विशेषज्ञ) ले हस्ताक्षर गरेका हुन् । 

नेपालको व्यक्तिगत डाटा संरक्षण विधेयकको विकास, साइबर सुरक्षा सम्बन्धी जनचेतना र मापदण्ड प्रवर्द्धन, राष्ट्रिय तथा क्षेत्रीय डाटा शासन संरचना सुदृढ बनाउने यसको उद्देश्य रहेको छ । 
डिपेक्स एशिया मलेसिया, इन्डोनेसिया, ब्रुनाई, खाडी क्षेत्रहरूमा डाटा संरक्षणसम्बन्धी गहिरो अनुभव रहेको संस्था हो । 

नेपालमा तीव्र डिजिटल परिवर्तन भइरहेका बेला व्यक्तिगत जानकारी चोरी र दुरूपयोग हुने खतरा पनि बढिरहेको परिस्थितिमा, सशक्त र समग्र डाटा संरक्षण कानुन आवश्यक भएको वन कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले बताए । 

डिपेक्ससँगको सहकार्यले डेटा संरक्षणको विश्वव्यापी दृष्टिकोण दिने उनको भनाइ छ । यो साझेदारीले नेपालमा बनिने नयाँ कानुनलाई जनरल डेटा प्रोटेक्सन रेगुलेसन जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मेल खाने बनाउने छ ।