सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल प्रोजेक्टको पूर्व तयारीको क्रममा सार्वजनिक गर्नुपर्ने वातावरणीय तथा सामाजिक प्रतिबद्धता योजना (इएससीपी) को मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपाल सरकार र विश्व बैकबीचमा हुने डिजिटल नेपाल प्रोजेक्ट सम्झौता अगाबै पूर्व तयारीको क्रममा सार्वजनिक गर्नुपर्ने इएससीपीको मस्यौदा सार्वजनिक गर्दै प्रतिवेदनमा राय सुझाव मागेको हो ।
मस्यौदमा संस्थागत संरचना, क्षमता अभिवृद्धि, अनुगमन र रिपोर्टिङ, वातावरणीय र सामाजिक मूल्याङ्कन योजना, प्राविधिक सहायता, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन, गुनासो व्यवस्थापन, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदा लगायतका विषय समावेश भएका छन् ।
डिजिटल नेपाल परियोजनाका लागि विश्व बैंकले नेपाललाई रकम उपलब्ध गराउने छ । त्यसको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायले गर्नेछन् ।
यस्तो छ मस्यौदा