कीवर्डहरू -

डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक, कार्यान्वयनका लागि काउन्सिलको प्रस्ताव

डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक, कार्यान्वयनका लागि काउन्सिलको प्रस्ताव

डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राय तथा सुझावका लागि मस्यौदा सार्वजनिक गरेको हो । 

सरकारले सन् २०१९ मा सार्वजनिक भएको डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा तयार गरेको छ । 

मस्यौदामाथि सुझाव आगामी ७ दिनभित्रमा [email protected][email protected] मा इमेल गर्न सकिने छ । 

डिजिटल नेपाल फ्रेमवर्क १.० मा देखिएका चुनौतीहरू र नयाँ उदयीमान प्रविधिहरूलाई सम्बोधन गर्ने गरी डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा बनाइएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क २.० मा समन्वय संयन्त्रलाई इन्हान्स गर्ने, टेक्निकल स्किललाई बुस्ट गर्ने र डिजिटल पहलहरू कार्यान्वयनमा प्राथमिकता दिनेमा जोड दिइएको छ । यसमा एआईलाई समेत समेटिएको छ । 

डिजिटल नेपाल फ्रेमवर्क २.० ले मुख्य गरी चार कोर इनेबलरलाई पहिचान गरेको छ । जसमा डिजिटल फाउन्डेसन, डिजिटल सेवाको पहुँच, सीप र डिजिटल शिक्षा तथा डिजिटल इकोनोमी रहेका छन् । 

परिमार्जित फ्रेमवर्कमा डिजिटल पब्लिक पूर्वाधार विकास तथा सुधार, साइबर सेक्युरिटी, डेटा सुरक्षा, एआई रेडिनेस, डिजिटल सिग्नेचर, कानुनी सुधार, सार्वजनिक सेवाको पहुँचमा सुधार, आईसीटी ट्रेनिङ सेन्टर स्थापना, उद्योग र एकेडेमीयाबीच सहकार्य, निजी क्षेत्रको सशक्तिकरण, विदेशी लगानी वृद्धि, ई-वेस्ट, ग्रीन प्रोक्युरमेन्ट, आईसीटी निर्यात गर्ने लगायतका विषय समेटिएका छन् ।  

डिजिटल नेपाल फ्रेमवर्क २.० को कार्यान्वयनका लागि डिजिटल ट्रान्सफर्मेसन काउन्सिलको प्रस्ताव गरिएको छ । काउन्सिलले गाइड गर्ने मात्र नभएर सबै क्षेत्रसँग समन्वय र एक्जिक्युट समेत गर्नेछ ।

काउन्सिलको अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्री र को-चेयर मुख्यसचिव हुने व्यवस्था गरिएको छ । संस्थाले मन्त्रीमार्फत प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्नुपर्नेछ । 

यस्तो छ फ्रेमवर्कको मस्यौदा