पछिल्लो समय युवा पुस्ताले नयाँ नयाँ प्रविधि प्रयोग गरेर नयाँ कुरा बनाइ राखेका हुन्छन् । खासगरी कलेज पढ्ने विद्यार्थीले । यहीँ नयाँ मध्येको एक हो ड्रेसन ।
फोटोको माध्यमबाट आफूलाई चाहिने कपडा छान्न सघाउने प्लेटफर्म हो, ड्रेसन । क्याप्सियल भ्याल्ली कलेजका विद्यार्थी सुजल पौडेलले २ वर्ष अगाडी गरेको डिजाइन ड्रेसनले एउटा फोटो राखेकै आधारमा जस्ता व्यक्तिलाई पनि कपडाको साइज मिलाइदिने काम गर्छ । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरिरको आकारलाई विश्लेषण गरेर आफुलाई कुन कपडा फिट हुन्छ, त्यसको बारेमा जानकारी दिने ड्रेसनका फाउण्डर सुजल पौडेलको भनाई छ ।
सपिङ सबैले गर्छन् । तर, कोहीसँग भने सपिङ गर्ने समय थोरै हुन्छ । चाहेर पनि भनेजस्तो कपडा छान्न सक्दैनन् । तर, ड्रेसनबाट घरमै बसी बसी सजिलै एउटा फोटोकै आधारमा भने जस्तो कपडा फिट गरिदिन्छ । आफूलाई सुहाउँदो ।
ड्रेसन सुरुवात गर्नुको पछाडी उनका साथीको हात भएको पौडेल बताउँछन् । उनी भन्छन्र्, यो सुरु गर्नुमा चाहिँ मेरो एउटा साथीसँग सँधै सपिङमा जानुपर्ने । तर, मसँग समय नै हुँदैन थियो । त्यसपछि बरु घरैमा बसी–बसी गर्न सकिने यो सबै समस्याको समाधान खोज्न सकिन्छ कि भनेर हामीले यो सुरुवात गरेका हौं । र अहिले निकै सहज भएको छ । ड्रेसनबाट फोटा राखेकै आधारमा जस्ता व्यक्तिलाई पनि कपडाको साइज मिलाइदिने काम गर्छ । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरीरको आकारलाई विश्लेषण गरेर आफुलाई कुन कपडा फिट हन्छ त्यो सबै देखाइदिन्छ ।’
यो सुरु गर्नुको उदेश्य भनेको नेपाली युवालाई विदेश जानबाट रोक्नु पनि भएको उनको भनाई छ र्। अहिले धेरै मानिसहरु विदेश गैरहेका छन् । तर, हामी नेपालबाट पनि विश्वलाई केही सहयोग गर्न सक्छौं । उनी भन्छन्, हामी नेपालभित्र बसेर पनि राम्रो काम गर्न सक्छौं । हामी नेपालमा नै बसेर एउटा यस्तो खाले प्लाटफर्म निर्माण गरौं टेक्नोलोजीबाट त्यो सम्भब छ ।’
यस्ता छन् ड्रेसनका सुविधाहरु
ड्रेसनमा मेजरमेन्ट फिचर्स छ जसले गर्दा प्रयोगकर्ताले घरै बसीबसी आफ्नो फोटोहरुबाट नै आफ्नो शरीरको गतिविधि पाउन सकिन्छ । र अर्को फर्चुअल ट्रायल भन्ने छ त्यो भनेको कस्तो भने एउटा मानिसको तस्बिर र कुनै छानेको तस्बिर जुन लुगा चाहिएको छ त्यसमा क्लिक गर्ने वित्तिकै सबै मिल्छ । त्यसैगरी ड्रेसनले जसलाई जुन चाहिएको छ त्यही लुगामा सुझाव गरिदिन्छ ।
ड्रेसन आइसिटी अवार्ड २०२३ को राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड विधा अन्र्तगत उत्कृष्ट ५ राइजिंग स्टार इनोभेसनमा पर्न सफल भएको छ । कम्पनीलाई राइजिंग स्टार इनोभेसन आइसिटी अवार्डका लागि भोट गर्नका लागि सर्वप्रथम हाम्रो पात्रो एप डाउनलोड गर्नुहोस् । यहाँबाट हाम्रो पेमा गई भोटिङमा क्लिक गर्नुहोस् र आइसिटी अवार्ड छनौट गर्नुहोस् ।
अब अवार्डको विधा छानेर राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ अप्सनमा जानुहोस् । त्यहाँ पुगेर तपाईले ड्रेसनलाई भोट गरी डिसेम्बर २२, २०२३ मा हुन गइरहेको आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा सो विधामा विजयी बनाउन सक्नुहुनेछ ।