कीवर्डहरू -

यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि नागरिक एपमा देखिन छोड्यो लाइसेन्सको अप्सन

यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि नागरिक एपमा देखिन छोड्यो लाइसेन्सको अप्सन

नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको हो । 

पछिल्लो समय ट्राफिक प्रहरीले नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स हेरेर चेकजाँच गर्ने गरेको थियो । यस बाहेक ट्राफिक नियम उल्लंघन गरेमा त्यसैबाट पनि जरिवाना तिर्न सकिने व्यवस्था थियो । 

भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्थामा आगजनी भएपछि विभागको डेटा सेन्टर धवस्त भएको छ । त्यसपछि eDEVRS प्रणालीले अवरूद्ध भएको छ । यो सिस्टमलाई नागरिक एपसँग लिंक गरिएको थियो । तर विभागको केन्द्रिय सर्भरमा क्षति पुगेपछि नागरिक एपमा देखिन छाडेको हो ।