कीवर्डहरू -

गरिमा विकास बैंकको ५ इन १  बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

गरिमा विकास बैंकको  ५ इन १  बचत खाता, मोबाइल बैंकिङदेखि एटीएमसम्म निःशुल्क

गरिमा विकास बैंकले ग्राहकहरूका लागि गरिमा ५ इन १  बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा ५ इन १  बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सीआस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरूले न्यूनतम १००० मा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैङ्किङ, वेब बैंकिङ, एटीएम  सीआस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकर फ्यासिलिटीमा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ  ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरूले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैंकले जनाएको छ । गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय  ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।