तपाईं जति महँगो स्मार्टफोन किनेता पनि समय बित्दै जाँदा यसको स्पीड स्लो हुन थाल्छ । त्यसपछि नयाँ फोन किन्ने दबाब बढ्न थाल्छ । तर, नयाँ फोन किन्ने सोच बनाउनु अघि यदि तपाईं आफ्नो पुरानो फोनमै केही सेटिङहरू परिवर्तन गर्नुहुन्छ भने स्पीड पहिले जस्तै बन्न सक्छ ।
आउनुहोस्, ती उपायहरू जानौं जसले तपाईंको पुरानो फोनको स्पीडलाई सुपरफास्ट बनाउन मद्दत गर्नेछ ।
पुरानो फोनको स्पीड बढाउनका लागि तपाईंले केही कुरामा ध्यान दिनुपर्छ ।
हार्डवेयर
– ब्याट्रीः यदि स्मार्टफोनको ब्याट्री राम्रोसँग काम गरिरहेको छैन भने यसको असर फोनको परफर्मेन्समा देखिन्छ । स्पीड बढाउनको लागि तपाईं ब्याट्री बदल्न सक्नुहुन्छ ।
– डिस्प्लेः डिस्प्लेमा सानो खराबीले पनि फोनको स्पीड स्लो गर्न सक्छ । त्यसैले राम्रो परफर्मेन्सको लागि डिस्प्ले सही रूपमा काम गर्नु आवश्यक छ ।
– फोनलाई रिसेट गर्नुहोस्ः फोन रिसेट गर्दा डेटा मेटिन्छ, तर स्पीड पहिलेभन्दा धेरै राम्रो हुन्छ ।
यस्ता उपायबाट पनि स्पीड बढाउन सकिन्छ
– अपरेटिङ सिस्टम: स्पीड सुधार गर्न फोन सधैं लेटेस्ट ओएसमा चलाउनुपर्छ ।
– अनावश्यक एपहरू हटाउनुहोस् : यदि फोनमा चलाउने भन्दा बाहेकका एपहरू छन् भने तिनीहरू हटाउँदा फोनको स्पीड बढ्न सक्छ ।
– क्यास मेमोरी क्लियर गर्नेः फोनको क्यास मेमोरी क्लियर गर्दा फोनको स्पीड राम्रो हुन्छ ।
– ब्याकग्राउन्डमा चल्ने एपहरूः फोनको ब्याकग्राउन्डमा चलिरहेका एपहरूले ब्याट्री र डेटा खर्च गर्छन्, जसको असर परफर्मेन्समा पर्छ । यी एपहरू बन्द गर्दा स्पीड बढ्न सक्छ ।
– हेभी एप नराख्नुहोस् : केही प्रयोगकर्ताहरू फोनमा हेभी एप इन्स्टल गर्छन्, जसले धेरै स्टोरेज स्पेस ओगट्छ र स्पीडलाई स्लो बनाउँछ । त्यसैले तिनीहरू हटाउनु सही विकल्प हो ।
यी ट्रिक्सहरू अपनाउनुहोस्
- फोनलाई नियमित रूपमा रिस्टार्ट गर्नुहोस् ।
- फोनको स्टोरेज खाली राख्नुहोस् ।
- फोनमा भाइरस स्क्यानर इन्स्टल गर्नुहोस् ।
- फोनको सेटिङ्समा गई अनावश्यक विकल्पहरू बन्द गर्नुहोस् ।
- नचाहिने भिडियो र फोटो डिलिट गर्नुहोस् ।
- कम प्रयोग हुने एपहरू अनइन्स्टल गर्नुहोस् ।