कीवर्डहरू -

गूगललाई लोकेसन ट्रयाक गर्नबाट रोक्ने सजिलो उपाय

गूगललाई लोकेसन ट्रयाक गर्नबाट रोक्ने सजिलो उपाय

आजको डिजिटल युगमा हाम्रो हरेक गतिविधि अनलाइन रेकर्ड हुन्छ, र लोकेशन ट्र्याकिंग यसको महत्त्वपूर्ण हिस्सा हो । गूगलजस्ता कम्पनीहरूले तपाईंको लोकेशनलाई व्यक्तिगत अनुभव सुधार गर्न प्रयोग गर्छन्, तर केही मानिसहरूले यसलाई आफ्नो गोपनीयताको लागि खतरा मान्छन् । यदि तपाईं पनि आफ्नो लोकेशन ट्र्याकिंग बन्द गर्न चाहनुहुन्छ भने यो समाचार तपाईंको लागि हो ।  गूगललाई स्थान ट्र्याकिंगबाट रोक्ने तरिका :

लोकेसन हिस्ट्री बन्द गर्नुहोस्

गूगलले तपाईंको लोकेसन हिस्ट्री सेभ गर्छ, जसले तपाईंको गतिविधिलाई ट्र्याक गर्न मद्दत गर्छ ।  
यसका लागि सबैभन्दा पहिले गूगल अकाउन्टमा लगइन गर्नुहोस् ।  

यसपछि गूगल अकाउन्ट सेटिङमा जानुहोस् । यति गरेपछि “डाटा र गोपनीयता" सेक्सनमा जानुहोस् ।  
त्यसपछि “लोकेशन हिस्ट्री" विकल्पमा क्लिक गर्नुहोस् र यसलाई बन्द गर्नुहोस् ।  

वेब र एप क्रियाकलाप बन्द गर्ने

गूगलले तपाईंको वेब र एप क्रियाकलापमार्फत पनि लोकेसन सेभ गर्छ । यसका लागि गूगल अकाउन्ट सेटिङ खोल्नुहोस् । त्यसपछि “डाटा र गोपनीयता" सेक्सनमा जानुहोस् । यति गरेपछि “वेब र एप क्रियाकलाप" लाई बन्द गर्नुहोस् ।  

डिभाइस लोकेसन बन्द गर्ने  

तपाईंको स्मार्टफोनको लोकेसन सेटिङहरू बन्द गर्दा गूगलले तपाईंको स्थान ट्र्याक गर्न सक्दैन् ।  

एन्ड्रोइडका लागिः  

सेटिङमा गएर लोकेसनलाई बन्द गर्नुहोस् ।

 आइओएसका लागिः

सर्वप्रथम सेटिङमा गएर प्राइभेसीमा क्लिक गर्ने, त्यसपछि लोकेसन सर्भिसेजमा गएर यसलाई बन्द गर्नुहोस् ।