इन्स्टाग्राम आफ्नो प्लेटफर्ममा प्रयोगकर्ता अनुभवलाई अझ राम्रो बनाउन लगातार नयाँ फिचरहरू ल्याइरहन्छ । विश्वभर इन्स्टाग्रामका एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन् । आजकल इन्स्टाग्राममा अधिकांश मानिसहरू रिल्स हेर्न रुचाउँछन् । तर, एपमा थुप्रै यस्ता फिचरहरू छन्, जसको बारेमा धेरै प्रयोगकर्ताहरूलाई जानकारी हुँदैन् ।
आज हामी एउटा यस्तो फिचरको चर्चा गर्नेछौं, जसले समग्र अनुभवलाई अझ राम्रो बनाउँछ । वास्तवमा, यो प्लेटफर्ममा यस्तो फिचर उपलब्ध छ, जसको मद्दतले आफ्नो लाइभ लोकेसन परिवार तथा साथीहरूसँग साझा गर्न सकिन्छ । आउनुहोस्, यस फिचरबारे विस्तृत रूपमा जानकारी लिऊ।
इन्स्टाग्राममको लाइभ लोकेसन फिचरको माध्यमबाट तपाईं आफ्नो साथीहरूसँग अधिकतम १ घण्टासम्म लाइभ लोकेसन साझा गर्न सक्नुहुन्छ । यदि तपाईं कुनै विशेष स्थानमा साथीहरूसँग भेट्न जाँदै हुनुहुन्छ भने यो फिचर उपयोगी हुनेछ ।
यसले भिडभाड भएका ठाउँमा पनि तपाईंलाई साथीको लोकेसन ट्र्याक गर्न मद्दत गर्नेछ । ध्यान दिनुपर्ने कुरा के हो भने, तपाईं यो फिचर केवल डिएम (डाइरेक्ट मेसेज) मा मात्र प्रयोग गर्न सक्नुहुन्छ । यो फिचर वन–टु–वन च्याट वा ग्रुप च्याटमा कार्य गर्नेछ ।
इन्स्टाग्राममा लाइभ लोकेसन कसरी पठाउने ?
सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा इन्स्टाग्राम एप खोल्नुहोस् । त्यसपछि डाइरेक्ट मेसेज सेक्सनमा जानुहोस् ।
अब तपाईंले जसलाई आफ्नो लाइभ लोकेसन पठाउन चाहनुहुन्छ, उक्त च्याट खोल्नुहोस् ।
त्यसपछि टेक्स्ट बार मा जानुहोस् । यहाँ तपाईंलाई रेकर्डिङ, फोटो, इमोजी को छेउमा + आइकन देखिनेछ, त्यसमा क्लिक गर्नुहोस् ।
अब तपाईंको अगाडि लोकेसन र इमाजिन गरी दुई विकल्पहरू खुल्नेछन् । लोकेसन पठाउनका लागि लोकेसन विकल्पमा ट्याप गर्नुहोस् ।
यहाँ तपाईं फाइण्ड अ प्लेस विकल्पमा गएर कुनै स्थान खोज्न सक्नुहुन्छ । साथै, सेण्ड पिन्ड लोकेसन भन्ने अर्को विकल्प पनि छ, जुन म्यापमा पिन गरिएको लोकेसन पठाउनका लागि प्रयोग हुन्छ ।
लोकेसन चयन गरेपछि सेयर योर लोकेसन विकल्पमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंको लोकेसन अर्को व्यक्तिलाई पठाइनेछ, जसले तपाईंको लोकेसनको मद्दतले तपाईंलाई ट्र्याक गर्न सक्ने छ ।