आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आयोगबाट जारी आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा अर्धसरकारी संस्था एवं कर्मचारी, संवैधानिक निकाय, सुरक्षा निकाय र निर्वाचनमा संलग्न कर्मचारीलाई लागु हुने छ । यस्तै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिलाई आचारसंहिता लागु हुनेछ ।
सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र अनुगमनकर्ता तथा पर्यवेक्षकलाई पनि आचारसंहिता लागु हुने छ । निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी, विकास साझेदार संस्था, सामुदायिक विद्यालय, विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागु हुने छ ।
आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिबाना गर्न तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निर्वाचन कसुर मानिने कार्यको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने छ ।
निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न पाइनै छैन् । यस्तै एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने भ्रामक सुचना सम्प्रेष्ण, दुष्प्रचार, अपमान, हेटस्पीच जस्ता भ्रामक टिका टिप्पणी पनि गर्न नपाइने आचारसंहितमा लेखिएको छ ।
यस बाहेक प्रकाशन वा प्रसारण भएको सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने गरी शेयर, मेन्सन, रिपोष्ट, कमेन्ट, लाइभस्ट्रिमिङ गर्न पाइने छैन् । क्यामेरा, भिडियो क्यामेरा, ड्रोन, मोबाइल वा अन्य उपकरणबाट अनुमति नलिइ मतदानस्थल र मतदानस्थलको तस्वीर लिन र भिडियो खिच्न पाइने छैन् ।
यस्तो छ आचारसंहिता
आईसीटी समाचार