नेपाली बाल प्रतिभा रियालिटी शोको इतिहासमा पहिलो पटक विजेताले ब्रान्ड न्यू कार पुरस्कार स्वरूप पाउने भएका छन्। ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ का विजेताले पुरस्कारस्वरूप BAW Brumby नामक विद्युतीय कार प्राप्त गर्ने भएका हुन्।
एलआरआर मोटर्स र फर्मुला प्लसको सहकार्यमा उक्त पुरस्कार प्रदान गरिने भएको हो। सहकार्यको सम्झौता पत्रमा एलआरआर मोटर्सका निर्देशक जीवन कुमार शाही र फर्मुला प्लसका प्रबन्ध निर्देशक मनोज बोगटीले हस्ताक्षर गरेका छन्।
नेपालको रियालिटी शो इतिहासमै पहिलो पटक कुनै बालप्रतिभाले आफ्ना आमाबुबालाई नयाँ कार उपहार दिने मौका पाउने भएको आयोजकले जनाएको छ।
आईसीटी समाचार