कीवर्डहरू -

इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड नेपालमा, यस्ता छन् सुविधा

इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड नेपालमा, यस्ता छन् सुविधा

टुनल्याण्ड जीसेभनको सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप ई-टुनल्याण्ड प्रस्तुत गरेको छ ।

यो ई-टुनल्याण्ड पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएलको अत्याधुनिक प्रविधि जोडिएका छन् । ई-टुनल्याण्डको केन्द्रमा तेस्रो पुस्ताको ८८ किलोवाट सीएटीएल लिक्विड–कुल्ड लिथियम ब्याट्री रहेको छ, जुन प्रविधि आज विश्वका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन् । 

विश्वभर अन्य ब्याट्री कम्पनी भन्दा धेरै सङ्ख्यामा ईभी सञ्चालनमा ल्याउन सफल सीएटीएल को यो प्रविधिले उत्कृष्ट सुरक्षा, विश्वसनीयता र लामो समयसम्म चल्ने सुनिश्चितता दिन्छ। यसै विश्वस्तरीय ब्याट्री मार्फत् ई-टुनल्याण्ड ले ३५० किमी (WLTP) को ड्राइभिङ रेन्ज प्रदान गर्छ । 

ब्याट्रीमा ८ वर्ष/चारलाख किमी र PEU/ड्राइभिङ मोटरमा उपलब्ध ५ वर्ष/२ लाख किमीको वारेन्टीले गाडी किनेपछि पनि निश्चिन्तता दिन्छ । नयाँ ई-टुनल्याण्ड विशेष नाडा अफर मूल्य ६८ लाख ९९ हजार रूपैयाँमा उपलब्ध हुनेछ (सामान्य मूल्य रु. ६९ लाख ९९ हजार रूपैयाँ)। 

यसले १३० किलोवाट पावर र ३५० एनएमटर्क प्रदान गर्दै बलियो पर्फर्मेन्स दिन्छ । ३० प्रतिशत ग्रेडेबिलिटीका साथ यस पिकअपले उकालो बाटो सजिलै चढ्न सक्छ। सेगमेन्ट-बेस्ट ८८.०२ kWh सीएटीएल ब्याट्रीमार्फत उपलब्ध 430 किमी (NEDC) को रेन्जले यसलाई दैनिक व्यवहारदेखि लामो यात्रासम्म उपयुक्त बनाउँछ।

ई-टुनल्याण्ड सबै प्रकारका परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न तयार छ। २०० मिमि ग्राउन्ड क्लियरेन्स र ठूला 265/65R17 टायरसहित यसले असजिला बाटोहरू सहजै पार गर्छ र स्थिर तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ। १५२० x १५८० x ४४० मिमिको विशाल कार्गो साइजले भारी सामान ढुवानीलाई सजिलो बनाउँछ, जसले यसलाई काम र लाइफस्टाइल दुवैका लागि भरोसायुक्त साधन बनाउँछ।

शक्ति, क्षमता र आधुनिक डिजाइनको अद्वितीय मेलसहित आएको ई-टुनल्याण्डले नेपालमा इलेक्ट्रिक पिकअपको नयाँ युग सुरु गर्दैछ। वातावरणमैत्री प्रविधि, उच्च सुरक्षा र बलियो निर्माणसहित यसले ईभी बजारमा नयाँ मापदण्ड कायम गर्दै ग्राहकलाई भविष्य–उन्मुख ड्राइभिङको अनुभव दिनेछ।