सीजी मोटर्सले चीनको प्रतिष्ठित अटो ब्रान्ड गिलिसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्सका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।
अब ग्राहकहरूले यो अत्याधुनिक ईभी पिकअप केवल ९ लाख ९९ हजार रूपैयाँ डाउन पेमेन्टमै प्राप्त गर्न सक्नेछन् । ६३ किलोवाट क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ Nm टर्क सहितको सिंगल इलेक्ट्रिक मोटरले ३७७ किमी रेन्ज दिनेछ ।
यो गाडी नेपाली सडकका लागि उपयुक्त Independent Suspension, १२०० लिटरको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, V2L प्रविधि, ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र मजबुत बडी जस्ता विशेषतासहित आउँछ । यस अफरमा ग्राहकहरूले आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाखसम्मको एक्सचेन्ज बोनस पाउनेछन्।
साथै, देशभर फैलिएका २६० भन्दा बढी चार्जिङ स्टेशन र २० भन्दा बढी सेवा केन्द्रमार्फत सीजी मोटर्सले सुलभ सेवा प्रदान गरिरहेको छ। गिलिको निर्माणमा तयार भएको रिड्डारा आरडीसिक्स चीनमा ईभी पिकअपको अग्रणी मोडल मानिन्छ र नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि उपयुक्त, स्मार्ट र टिकाउ विकल्पको रूपमा स्थापित हुँदैछ।