प्रोटोनले नेपालमा विद्युतीय सवारी साधन प्रोटोन ई.एमएसएस ७ सार्वजनिक गरेको छ । नेपालमा गाडी दुई भेरियन्ट ई.एमएसएस ७ प्राइम र प्रिमियममा उपलब्ध भएको छ ।
प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी पाँच रङमा गाडी आउने छ । उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गरिने बताए ।
१० मिनेटमा चार्जमा १३५ किलोमिटर गुड्ने कम्पनीको दावी छ । ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफर्ममा बनेको गाडीमा सेल टु बडी ब्याट्री आर्किटेक्चर रहेको छ ।
यसको प्राइम भेरियन्ट ४९.२ किलोवाट ब्याट्रीसहित ३४५ किलोमिटर रेन्ज रहेको छ । यस्तै प्रिमियम भेरियन्ट ६०.२२ किलोवाट ब्याट्रीसहित आउने छ, जसको अधिकतम रेन्ज ४१० किलोमिटर रहेको छ ।
गाडीले डीसी फास्ट चार्ज सपोर्ट गर्नेछ, जसले गर्दा ३० देखि ८० प्रतिशत चार्ज २० मिनेटमै हुनेछ । प्राइम भेरियन्टको मूल्य ६५ लाख ९९ हजार र प्रिमियमको मूल्य ६७ लाख ९९ रूपैयाँ तोकिएको छ ।
अत्याधुनिक सुविधायुक्त गाडी प्रोटोनको नक्साल फ्ल्यागशिप शोरूममा बुकिङका लागि उपलब्ध रहेको छ । पहिलो १० ग्राहकलाई ५० हजार बराबरको गिफ्ट समेत प्रदान गरिने छ । ४९ हजार ९०० बाट गाडीको ईएमआई समेत सुरू हुनेछ ।