कीवर्डहरू -

धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरूको सुविधा अब इलाइट क्याल्क एपमा

धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरूको सुविधा अब इलाइट क्याल्क एपमा

हामीहरूलाई बेला बेला धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू आवश्यक परिरहेको हुन्छ । तर एकै ठाउँमा धेरै प्रकारका क्याल्कुलेटर र कन्भर्टरहरू पाइदैनन् । त्यसले गर्दा अनेकौं साइट वा एप चाहार्नु पर्छ ।

तर अब यो समस्या हट्ने भएको । यो समस्या समाधानका लागि ईलाइट इन्फोटेकले ‘इलाइट क्याल्क’ मोबाइल एप ल्याएको छ ।  

यसबाट सजिलै संग एउटा एप प्रयोग गरेर विभिन्न प्रकारका गणनाहरू गर्न सकिनछ । इलाइट क्याल्कमा साधारण ब्याज, भ्याट, छुट, आम्दानी, मिति परिवर्तन, करेन्सी कन्भर्टर, ल्याण्ड कन्भर्टर, डिस्ट्यान्स कन्भर्टर लगायतका धेरै सुविधा छन् । 

यस बाहेक यसमा वर्ल्ड टाइम, नम्बर/पासवर्ड/क्युआर कोड जेनेरेटर, जस्ता अन्य सुविधा पनि  उपलब्ध छन् । आफुले गरेको गणना ‘हिस्ट्री’ मा गएर हेर्न पनि सकिन्छ ।

हाललाई गूगल प्ले स्टोरमा उपलब्ध भएको इलाइट क्याल्क एप छिट्टै आईओएसमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताको आवश्यकता अनुसार आगामी दिन नयाँ सुविधा थप गर्ने कम्पनीको योजना रहेको छ ।