कीवर्डहरू -

एलन मस्ककै एआई कम्पनी एक्सएआईले किन्यो एक्स

एलन मस्ककै एआई कम्पनी एक्सएआईले किन्यो एक्स

एलन मस्कको एआई कम्पनी एक्स एआईले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) खरिद गरेको छ । एक्स र एक्स एआई दुवैका मालिक एलन मस्क हुन् । 

एक्समा यसअघि नै एक्स एक्सएआईको च्याटबट ग्रो एक्समा एकीकृत गरिएको छ । एक्सएआईले एक्सलाई स्टक कारोबार मार्फत अधिग्रहण गरेको मस्कले जानकारी दिएका छन् । 

खरिदका लागि एक्सएआईको ८० अर्ब अमेरिकी डलर र एक्सको ३३ अर्ब अमेरिकी डलर मूल्यांकन गरिएको थियो । एक्स एआई र एक्सको भविष्य आपसमा जोदिएको मस्कको भनाइ छ । 

मस्कका अनुसार डेटा, मोडेल, कम्प्युट, वितरण, र प्रतिभालाई एकीकृत गर्दै एक्सको सामाजिक सञ्जाललाई एक्सएआईको उन्नत एआई क्षमताहरू फैलाउन प्रयोग गर्ने योजना छ ।

एक्सलाई मस्कको सन् २०२२ मा ४३ अर्ब अमेरिकी डलरमा खरिद गरेका थिए । एक्स एआई २ वर्ष अगाडि स्थापना भएको थियो ।