एलन मस्कले ओपन एआई खरिद गर्ने इच्छा देखाएका छन् । ओपन एआईलाई खरिद गर्न मस्कले ९७.४ अर्ब डलरको प्रस्ताव गरेका हुन् ।
यो प्रस्ताव मस्कका वकिल मार्क टोबेरोफले ओपनएआईको बोर्डलाई सोमबार पेश गरेका थिए ।
द वाल स्ट्रीट जर्नलका अनुसार मस्कको एआई कम्पनी एक्स एआईको नेतृत्वमा रहेका लगानीकर्ताहरूको समूहले सोमबार ओपनएआईको बोर्ड अफ डाइरेक्टरसमक्ष अप्रत्याशित प्रस्ताव पेस गरेका थिए । उक्त समूहले ओपनएआईको नाफामुखी विभागलाई नियन्त्रण गर्ने गैर-नाफामूलक संस्थालाई किन्न चाहेको बताइएको छ ।
यसैबीच ओपन एआईका सीईओ साम अल्टम्यानले प्रस्तावलाई अस्वीकार गर्दै एक्समा व्यंग्य गर्दै लेखेका छन्, ‘धन्यवाद, तर हामी ट्विटरलाई ९.७४ अर्ब डलरमा किन्नेछौं यदि तपाईं चाहनुहुन्छ भने ।’
मस्क र अल्टम्यानबीचको यो विवाद ओपनएआईको भविष्यको दिशा सम्बन्धी असहमतिको परिणाम हो । मस्कले ओपनएआईलाई यसको मूल गैर-नाफामूलक मिशनबाट टाढा गएको आरोप लगाउँदै आएका छन्, जबकि अल्टम्यानले कम्पनीलाई थप लगानी आकर्षित गर्न नाफामूलक मोडेलतर्फ लैजाने प्रयासमा छन्।
‘ओपनएआईलाई पहिलेको जसरी नै पुनः ओपन सोर्स सुरक्षा-केंद्रित र राम्रोको लागि काम गर्ने शक्ति बनाउने समय आएको छ,’ मस्कले द जर्नल मार्फत आफ्नो वकिलद्वारा साझा गरिएको बयानमा भने, ‘हामी त्यसलाई सुनिश्चित गर्नेछौं ।’
मस्कको यो प्रस्ताव कति गम्भीर छ र सफल हुने सम्भावना कति छ भन्ने भन्न गाह्रो छ । ओपनएआईको गैर-नाफामूलक संरचनाबाट स्याम अल्टम्यान र कम्पनीका अन्य अधिकारीहरू अलग हुन चाहन्छन् । तर मस्कको प्रस्तावबाट यो कम्पनीलाई जोगाउन सक्ने छ ।
यदि ओपनएआई पूर्ण रूपमा नाफामुखी कम्पनी भएको भए परम्परागत शेयर प्रणाली लागू हुन्थ्यो र मस्कको यो प्रस्ताव Revlon moment को स्थितिमा पुग्न सक्थ्यो । यस्तो अवस्थामा, कम्पनीको बोर्ड अफ डाइरेक्टरहरूलाई शेयरधारकहरूको अधिकतम लाभ सुनिश्चित गर्न उच्चतम प्रस्ताव राख्ने खरिदकर्तालाई कम्पनी बेच्न बाध्य पारिन्थ्यो।