कीवर्डहरू -

“सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व निर्माण” कार्यक्रम सम्पन्न

“सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण: साइबर सुरक्षा नेतृत्व  निर्माण” कार्यक्रम सम्पन्न

डिजिटल प्रविधिको तीव्र विस्तार विस्तार साइबर सुरक्षाको सुविधा महिलाको जिम्मेवारी भूमिका अपरिहार्य पुस्तकालय गएको सन्दर्भमा क्यान महासंघ भित्रको सफ्टवेयर र सेवा समितिले साइबर सुरक्षा अनुसन्धान केन्द्र तथा नवाचार (CSRI नेपाल) सूचना सुरक्षा प्रतिक्रिया टिम नेपाल (पीसीईआरटी) संगको उपस्थितिमा कार्यक्रम गरेको छ ।

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै सुरक्षित डिजिटल वातावरण निर्माण गर्न साइबर सुरक्षामा महिलाको नेतृत्व अपरिहार्य बन्दै गएको सरोकारवालाहरूले बताएका छन्। “सुरक्षित डिजिटल भविष्यको लागि महिला सशक्तिकरण: साइबर सुरक्षा लिडरको निर्माणEmpowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders” शीर्षकमा टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, सिफल, काठमाडौंमा विशेष कार्यक्रम सम्पन्न भएको हो।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले महिलाको डिजिटल सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै साइबर सुरक्षा अब सबैका लागि अनिवार्य विषय बनेको बताए। उनले पछिल्लो समय देखिएका सामाजिक घटनाहरूको सन्दर्भमा महिलालाई डिजिटल सुरक्षासँगै आत्मरक्षाको सीपसमेत आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रमको स्वागत मन्तव्य टेक्सास कलेजका आईटी निर्देशक डा. समुन थपलियाले राखेका थिए। क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पौडेल र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व बढाउनु समयको माग भएको बताएका थिए।

प्राविधिक सत्रमा साइबर सुरक्षामा महिलाको भूमिका, रोजगारीका अवसर तथा बढ्दो साइबर जोखिमबारे प्रस्तुति गरिएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बसुकालाले नीति निर्माणदेखि संस्थागत तहसम्म महिलाको नेतृत्व आवश्यक रहेको बताइन्। इन्साइट टेक्नोलोजीका कार्यकारी निर्देशक समुन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावना र चुनौतीबारे जानकारी दिए भने मोनल टेककी संस्थापक मोना न्यायक श्रेष्ठले विकसित हुँदै गइरहेका साइबर जोखिमबारे चर्चा गरिन्।

कार्यक्रमको अन्त्यमा बैंक अफ काठमाडौंकी कार्ड तथा डिजिटल बैंकिङ प्रमुख बन्दना शर्मा, रोजा किरण बसुकाला, समुन कुमार शर्मा र मोना न्यायक श्रेष्ठबीच प्यानल छलफल सम्पन्न भएको थियो। छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती र साइबर सुरक्षामा महिलाको भूमिका तथा सम्भावनाबारे चर्चा गरिएको थियो।

आयोजकहरूले यस कार्यक्रमले साइबर सुरक्षामा क्षमता अभिवृद्धि गर्न, महिलाको नेतृत्व प्रवर्द्धन गर्न र डिजिटल क्षेत्रमा लैङ्गिक समानता मजबुत बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।