कीवर्डहरू -

टेक क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउँदै ‘रिसर्च एण्ड डाटा स्किल्स फर वुमन इन टेक’ कार्यशाला सम्पन्न

टेक क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउँदै ‘रिसर्च एण्ड डाटा स्किल्स फर वुमन इन टेक’ कार्यशाला सम्पन्न

सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) र सनवे कलेज काठमाण्डौले आयोजना गरेको रिसर्च एण्ड डाटा स्किल्स फर विमेन इन टेक कार्यशाला ३० जनवरी २०२६ मा सनवे कलेज, मैतिदेवीमा सम्पन्न भयो ।

बिहान ९ः४५ देखि साँझ ५ः०० सम्म चलेको कार्यक्रममा सहभागी महिलाहरूलाई अनुसन्धान (रिसर्च), डाटा सङ्कलन र व्यवस्थापन (डाटा कलेक्सन एण्ड म्यानेजमेन्ट), डाटा विश्लेषण र भिजुअलाइजेसन (डाटा एनालिसिस एण्ड भिजुअलाइजेसन) सम्बन्धी व्यावहारिक ज्ञान र हस्तकला सिकाईएको थियो ।

null

प्रमुख अतिथि वक्ता प्रा.डा टीस्टा प्रसाइ जोशी, (सिनियर साइन्टिस्ट, नास्ट) ले अनुसन्धान प्रकाशन र अनुसन्धान–आधारित करियरका अवसरबारे मार्गदर्शन गरिन् भने माला दीप उपाध्याय र एलिशा राजभण्डारीले मेन्टरको रूपमा व्यावहारिक सत्रहरू सञ्चालन गरे ।

सहभागीहरूलाई गूगल स्कलर, कोबो टुलबक्स, फ्लोरिश, जोटेरो तथा एआई उपकरणहरू सम्बन्धी ह्यान्डस अन अभ्यास प्रदान गरियो जसले सहभागीहरूको डाटा–साक्षरता र अनुसन्धान क्षमता बढाएको आयोजकले बताए । ५९ जना सहभागी यस कार्यक्रमले महिलाहरूलाई टेक क्षेत्रमा अनुसन्धान र डेटा–आधारित निर्णयमा सक्रिय सहभागी बन्न प्रेरित गरेको छ ।