एआई हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ,। दैनिक जीवनका अधिकांश कामहरूमा मानिसहरू एआईमा यति निर्भर भइसकेका छन् कि यसको बिना जीवनको कल्पना गर्नै गाह्रो हुन्छ ।
जब एआईको कुरा आउँछ, सबैभन्दा अगाडि नाम आउँछ च्याटजीपीटीको । धेरै प्रयोगकर्ताहरूले च्याटजीपीटीसँग आफ्ना जिज्ञासाहरू सोध्ने गर्छन्, जसका स्क्रिनसट हरेक दिन जसो भाइरल भइरहेका हुन्छन् । यस्तै एक घटना सार्वजनिक भएको छ, जसमा एक प्रयोगकर्ताले आफ्नो व्यवसायिक योजना च्याटजीपीटीलाई बताए, तर च्याटजीपीटीले उनलाई जागिर नछाड्न सल्लाह दियो ।
वास्तवमा, एक व्यक्तिले च्याटजीपीटीलाई आफ्नो व्यवसायिक आइडिया सुनाए । त्यसपछि एआई बोटले उसको प्रशंसा ग¥यो र उक्त योजना प्रति आशावादी रहेको प्रतिक्रिया दियो । प्रयोगकर्ताले आफ्नो कुरा काव्यात्मक ढंगले राख्ने प्रयास पनि ग¥यो ।
प्रयोगकर्ताले लेखे – “केही मानिसहरूसँग ढकनी हुन्छ, तर ती ढकनीहरू मिल्ने जार हुँदैनन्? के हुन्छ यदि हामी त्यस्ता मानिसहरू खोज्न थालौं जसका ढकनीसँग मिल्ने जार हुन् ?"
(You know how some people have lids without matching jars? What if we found people who have jars that match those lids? I think it could be a big business.)
यसलाई च्याटजीपीटीले आकर्षक विचार भन्दै निकै आशावादी भन्यो । तर त्यसपछि जब प्रयोगकर्ताले भन्यो कि उसले यसका लागि आफ्नो जागिर छाड्न लागेको छ, च्याटजीपीटीले उसलाई रोक्ने प्रयास ग¥यो । च्याटजीपीटीले भन्यो – “यसका लागि आफ्नो जागिर नछाड । कम्तीमा अहिले त होइन् ।”
जब प्रयोगकर्ताले भन्यो कि उसले त पहिले नै आफ्नो राजीनामा मेल गरिसकेको छ, च्याटजीपीटीले भन्यो – “अब यो स्थितिलाई सुधार्नु पर्छ ।” एआई बोटले राजीनामा फिर्ता लिनका लागि विभिन्न सुझावहरू पनि दियो । प्रयोगकर्ताले उक्त च्याटको स्क्रिनसट सार्वजनिक गरेपछि यो भाइरल भयो र यसमा धेरैले प्रतिक्रिया जनाएका छन् ।”