सरकारले सरकारी कार्यालयमा पटक पटक कागजात बुझाउनु पर्ने झण्झटलाई अन्त्य गर्ने भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा फरक÷फरक कार्यालयमा नागरिकतालगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने र सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने समेत बताइएको छ ।