कीवर्डहरू -

युरो २०२४ को मज्जा डिशहोमको एचडी क्वालीटीमा

युरो २०२४ को मज्जा डिशहोमको एचडी क्वालीटीमा

युरो २०२४ शनिबारदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे जर्मनी र स्कटल्याण्डको खेलसँगै युरो २०२४ को सुरुआत हुनेछ । युरोपका २४ टिमको सहभागिता रहने प्रतियोगिताका खेलहरु डिशहोमको एचडी क्वालीटीमा हेर्न सकिने छ । 

प्रत्यक्ष प्रशारण सोनी नेटवर्क मार्फत हुनेछ । जुलाई १४ तारिखसम्म चल्ने युरोमा ६ समूह बनाइएको छ । समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन् । समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । 

समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्ल्याण्ड छन् । समूह ‘डी’मा नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स र पोल्याण्डलाई राखिएको छ । समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेनलाई राखिएको छ । त्यस्तै, समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेज रिपब्लिक छन् ।