कीवर्डहरू -

आन्टरप्रेनर आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सकिने, आईटी उद्यमीले यसरी दिन सक्छन् आवेदन

आन्टरप्रेनर आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सकिने, आईटी उद्यमीले यसरी दिन सक्छन् आवेदन

आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ मा भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ । 

सूचना प्रविधिको क्षेत्रमा क्रियाशिल नेपाली उद्यमीहरूले आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ आवेदन दिन सक्ने छन् । 

आन्टरप्रेनर आइसिटी अवार्डमा नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक पर्नेछ ।

आईटी उद्यमशीलतामार्फत देशको अर्थतन्त्र र रोजगारी सिर्जनामा उनीहरूले गरेको योगदानलाई सम्मान गर्दै यस अवार्ड दिने गरिन्छ । आईटी उद्यमी स्वमं वा अरू कसैले उनीहरूको आवेदन यहाँ क्लिक गरेर आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ का लागि पठाउन सक्ने छन् । 

सन् २०१६ मा सुरू भएको आइसिटी अवार्ड नेपालको प्रतिष्ठित र सबैभन्दा ठूलो टेक अवार्ड हो ।

आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा उद्यीमान स्टार्टअप, प्रडक्ट, इन्नोभेसनसँगै यस क्षेत्रको विकासमा योगदान दिदै आएका व्यक्तिहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको छ ।