कीवर्डहरू -

हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?

हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?

आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल कार्यक्रम आयोजना हुने भएको छ । आन्ट्रप्रेनर्सको ग्लोबल कम्युनिटी बिमस्टार्टले हाइपर्ससँगको सहकार्यमा पहिलो पटक आन्ट्रप्रेनर्स ग्यादरिङ कार्यक्रम गर्न लागेको हो । 

उद्यमी, लगानीकर्ता र ग्राहकलाई एकैठाउँमा ल्याउने उद्देश्यले आन्ट्रप्रेनर्स ग्यादरिङ नेपाल आयोजना गर्न लागेको हाइपर्सका संस्थापक विप्लव कार्कीले बताए । 

कार्यक्रममा कम्पनीका संस्थापक, व्यवसायी, लगानीकर्ता, फ्रिल्यान्सर, सरकारी तथा कर्पोरेट एजेन्सी लगायत उद्यमशीलता बारे जान्न, बुझ्न र सिक्न चाहन सबै सहभागी हुन सक्ने छन् । 

सो कार्यक्रममा इन्भेष्टिया प्लेटफर्म पनि आधिकारिक रूपमा सार्वजनिक हुनेछ । यदी तपाई पनि आन्ट्रप्रेनर्स ग्यादरिङमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नु हुनेछ । सिट सिमित भएकाले जति सक्दो चाँडो आफ्नो नाम दर्ता गर्न आग्रह गरिएको छ । 

null