कीवर्डहरू -

उद्यमशीलता राष्ट्रको मेरूदण्ड हो, विद्यालय तहबाटै उद्यमी सोच जगाउनु पर्छ

उद्यमशीलता राष्ट्रको मेरूदण्ड हो, विद्यालय तहबाटै उद्यमी सोच जगाउनु पर्छ

उद्यमशीलता २ वटा कुरासँग जोडिएर आउँछ । एउटा आर्थिक स्वतन्त्रता र अर्को व्यक्तिगत स्वतन्त्रता । युवाहरूको ग्रोथका यी दुवै कुरा महत्त्वपूर्ण छन् । अहिलेको युवा स्वतन्त्र ढंगले काम गर्न चाहन्छ । कसैको अधिनमा रहेर काम गर्न चाहदैन् ।

अहिलेका युवा क्रियटिभ र इन्नोभेटिभ तरिकाले सोच्छन् । युवाहरूको क्रियटिभिटी र इन्नोभेसनलाई सरकार, शिक्षण संस्था, समाज, परिवार लगायत सबैले सम्बोधन गर्ने गरी काम गर्नुपर्छ । उनीहरूको कुरा सुन्नुपर्छ । 

पछिल्लो दिनमा स्टार्टअप, उद्यमशीलताको महत्त्व बढ्दै गएको छ । छिमेकी देश भारत, चीन विश्व इकोसिस्टममा अग्रणी पंक्तिमा छन् । त्यसमाथि पनि भारतसँग हामी बढी जोडिएका छौं । गएको १० वर्षमा स्टार्टअप इकोसिस्टमले भारतमा धेरै फड्को मारिसकेको छ । 

‘स्टार्टअप इन्डिया’ कार्यक्रममा सार्वजनिक भएपछि उद्यमीशीलताको चाम गाउँगाउँसम्म पुगेको छ । दुरदराजका स्टार्टअपलाई समेत भारतले सहयोग गरिरहेको छ । सन् २०४७ सम्म भारतलाई विश्व लिडर बनाउने भनेर जसरी प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वकांक्षी सपना देखिरहेका छन् ।

नेपालमा त्यस्तो खालको सपना देख्ने नेतृत्व छैन् । राजनीतिक परिवर्तनमा नेतृत्वहरूले ठूलो भूमिका खेल्नुभयो । व्यवस्था परिवर्तन त गर्नुभयो  व्यवस्थाभित्रका विभिन्न तत्वमध्ये युवाहरूको सपना र विचारलाई राष्ट्र परिवर्तनका लागि कसरी जोड्ने तथा सपनालाई कसरी साकार पार्ने भन्ने कुरामा काम गर्न चुक्नु भयो । 

नेपालमा केही काम नै नभएको होइन् । केही काम त भएका छन् तर सिमित वर्ग र सिमित क्षेत्रका मानिसहरूलाई लक्षित गरेर बनाइएका नीतिहरूले अझै पनि समग्र नेपालको चाहना पूरा गर्न सकेको छैन् । 

अर्कोतिर शैक्षिक संस्था, निजी क्षेत्र, परिवार, तपाई हामी आफै व्यक्तिगत रूपमा पनि कति दुरगामी लक्ष्य राख्छौं ? कति हामी नेपाललाई माया गर्छौं ? कति हाम्रा संस्कारलाई आत्मसात गर्छौं ? हामीले दिनदिनै गर्ने काममा कति इन्नोभेटिभ तरिका प्रयोग गरिरहेका छौं भन्ने कुरा सोच्ने बेला आएको छ । 

अब समस्या देखाउने मात्र होइन । समस्याको समाधान गर्दै दिगो बिजनेसमा रूपान्तरण गरेर देशको अर्थतन्त्रमा योगदान गर्नुपर्छ । आज सानो रूपमा सुरू भएको कुनै स्टार्टअपले भोलि विश्वमा ठूलो इम्प्याक्ट सिर्जना गर्न सक्छ । 

केही दिन अगाडि गूगलका सीईओ सुन्दर पिचाईको पोड्कास्ट हेर्दै थिए । उहाँले भन्दै हुनुहुन्थ्यो, आज अमेरिकामा खेलिने ३ वटा ई-गेम युक्रेनमा जन्मिएको मानिस क्यानडामा बसेर बनाइरहेको छ ।

बिहार, राजस्थान, केरला, हैदराबाद, बेंगलुरूमा स्थापना भएका स्टार्टअपले आज विश्व हल्लाइरहेका छन् । भोलि नेपालको कर्णालीमा जन्मिएको स्टार्टअपले सिलिकन भ्याली हल्लाउन सक्छ । नेपालीहरूसँग अथाह क्षमता छ । नेपाल तपोभूमि हो ।

नेपालमा ध्यान तपस्या गरेका ऋषिमुनीहरूले निकालेको ज्ञान, सीपले पश्चिमी दर्शनलाई प्रभावित पारेको छ । त्यसैबाट धेरै पश्चिमी दर्शन विकास भएका छन् । अब हामीले नेपाललाई फेरि विश्वसामु चिनाउने समय आएको छ । त्यो क्षमता नेपाली युवाहरूमा छ ।

अब हामीले नेपाललाई स्टार्टअप हबको रूपमा विकास गर्नुपर्छ । यसमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, समाज, परिवार र व्यक्ति स्वमं आफै सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । 

स्टार्टअप के हो ? 

स्टार्टअपको परिभाषा ठाउँअनुसार फरक पनि हुन सक्छ । तर स्टार्टअपसँग इन्नोभेसन र क्रियटिभिटसँगै जोडिएर आउँछ । तपाईले सामान्य कपडा बेच्नु हुन्छ भने कुन इनोभेटिभ तरिकाबाट कपडा बेचिरहनु भएको छ भन्ने कुरा आउँछ । युनिक भ्यालु प्रप्रोजिसन र युनिक सेल्स प्रपोजिसनको कुरा स्टार्टअपमा आउँछ ।

हाम्रोमा तरिकारी पसल खोल्यो स्टार्टअप भनेको छ, काठ पसल खोल्यो स्टार्टअप भनेको छ, फेन्सी पसल खोल्यो स्टार्टअप भनेको छ । स्टार्टअप भनेको प्रडक्ट इन्नोभेसन, प्रोसेस इन्नोभेसन र सर्भिस इन्नोभेसन हो । प्रडक्टमा कत्तिको इन्नोभेसन गर्नु भएको छ । प्रडक्टलाई ग्राहकसम्म पुर्‍याउने सप्लाई चेनमा कत्तिको इन्नोभेसन गर्नु भएको छ र ग्राहक केन्द्रित भएर काम गर्नुभएको छ की छैन् । यी विषय स्टार्टअपमा हेरिन्छ । 

एआई प्रयोग गरेर भट्टराईले बनाएको फोटो

ग्राहक भनेका कुनै पनि बिजनेसका भगवान हुन् । हामी नाफामुखी मात्रै बन्यौं की ग्राहकलाई पनि उत्तिकै ध्यान दिएका छौं ? स्टार्टअपमा ‘रेभिन्यु’ मात्रै हेरिदैन्, त्यसले समाजमा कत्तिको प्रभाव पार्‍यो त्यसलाई पनि एउटा इन्डिकेटरको रूपमा लिइन्छ । 

नेपालमा सामाजिक सञ्जालको बायोमा मात्रै ‘आन्टरप्रेनर’ सिमित भएको छ । तर हाम्रो सोच र काम गराइ पूरानै छ । उद्यमी सोच विकासका लागि फरक ढंगले सोच्नुपर्छ । स्टार्टअप त्यतिबेला मात्रै दिगो हुन्छ, जतिबेला ग्राहकको भविष्यको समस्या समाधान गर्नुहुन्छ । 

स्टार्टअप इकोसिस्टम विकासका लागि गर्नुपर्ने काम

स्टार्टअपले देशको आर्थिक इकोसिस्टमलाई विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्छ । स्टार्टअपले मानिसहरूलाई क्रियटिभिटी विकास गर्छ । इन्नोभेटिभ सीप विकास गर्छ । स्टार्टअप गर्ने भन्छौं तर फाइनान्स, सेल्स, मार्केटिङको लगायतको ज्ञान हुँदैन् । उद्यमी गर्ने मानिसलाई बिजनेसका सबै सीपहरूको ज्ञान हुनुपर्छ ।

यदी तपाईले थाहा पाउनु भएन भने कतै न कतै गएर तपाईको उद्यमशीलताको यात्रा खतरामा पर्न सक्छ । युवा उद्यमी बन्न चाहनेले आईडियासँगसँगै आफुलाई चाहिने सीपहरूमा पनि काम गर्न जरूरी छ । 

वर्ल्ड इकोनोमिक फोरमले फ्युचर स्किल अफ २०३० भनेर एउटा रिपोर्ट निकालेको छ । उद्यमशीलताको यात्रामा आउनेहरूलाई त्यो रिपोर्ट एक पटक पढ्न अनुरोध गर्दछु । पछिल्लो समय उदयीमान प्रविधिको रूपमा एआई आइरहेको छ । मानिसहरूले एआईलाई क्रियटिभ र इन्नोभेटिभ तरिकाले प्रयोग गरिरहेका छन् । 

सरकारले सहयोग नगरेसम्म स्टार्टअप सफल हुँदैन् । आज सरकारले २५ लाख रूपैयाँ ऋण ३ प्रतिशत ब्याजमा दिइरहेको छ । तर के त्यो रकम साँच्चै इन्नोभेटिभ सोच भएका स्टार्टअपले पाएका छन् ? 

पैसा नभएको तर इन्नोभेटिभ माइन्ड भएको स्मार्टअपका लागि के यो उपयोगी छ त ? समिक्षा गर्नुपर्ने बेला भइसकेको छ । खालीपटेमा कोही पनि उद्यमी बन्न सक्दैन् । उद्यमशीलता विकासका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, तपाई हामी सबैले योगदान गर्नुपर्छ, सहकार्य गर्नुपर्छ । 

विद्यार्थीलाई उद्यमशीलता सम्बन्धि तालिम दिदै भट्टराई

तपाई हामी एकले अर्कालाई सहयोग गरेर नै स्टार्टअप इकोसिस्टम बन्ने हो । उद्यमशीलता भनेको अबको राष्ट्रको मेरूदण्डको हो । त्यसकारण सरकारले नीतिगत रूपमा भएका अस्पष्टतालाई हटाउनु पर्छ । 

अबका युवा भनेका राष्ट्रका नीति निर्माता हुन्, ब्याकबोन हुन् र भोलि नेपाललाई सुखी नेपाली, सम्वृद्ध नेपाल बनाउने आधारशिला हुन् भन्ने कुरा सरकारका सबै नीतिमा झल्किनुपर्छ । नत्र स्टार्टअप इकोसिस्टम बन्दैन् । सुरू त होला तर समय लाग्छ । 

स्टार्टअपलाई वानडोर पोलीसी चाहिन्छ । रक्सी पसल खोल्नुभयो भने सजिलै खोल्न सक्नुहुन्छ तर उद्यमशीलता गर्छु भन्नु भयो २५-२६ वटा लाइसेन्स लिनुपर्छ । सरकारी निकायमा भएका विभिन्न अल्झनहरूले काम गर्ने मान्छे त्यही थाकिसक्छ । त्यसपछि तपाईसँग २ वटा विकल्प हुन्छ । एउटा विद्रोह गरेर देशमै बस्ने वा अर्को देश छोडेर परदेश जाने । यसरी नै देश छाडेर जाने लहर चल्यो भने अबको १० वर्षमा के हुन्छ भन्ने जवाफ न मसँग छ न नीति निर्माताहरूसँग नै । 

स्टार्टअपलाई समस्याको पहिचान गर्ने, त्यसलाई बिजनेसमा कसरी रूपान्तरण गर्ने र इम्प्याक्टसँग कसरी जोड्ने ? आईडिएसन चरणमा भएकालाई कसरी सपोर्ट गर्ने ? नेपाली स्टार्टअपहरूले उत्पादन गरेका सामानहरूलाई कसरी प्रयोग गर्ने ? जस्ता विषयमा सरकारको नीतिमा स्पष्टता चाहिन्छ ।

 सरकारसँग आज इन्नोभेसन फण्ड छैन् । सरकारसँग आईडिएसन चरणमा भएको स्टार्टअपलाई कसरी सपोर्ट गर्ने भन्ने योजना छैन् । स्टार्टअपलाई काम गर्ने ‘वर्किङ स्पेश’ छैन् । मेन्टरसीपको पोलिसी छैन् । ज्ञान हस्तान्तरणको पोलीसी छैन् । 

सरकारसँग छ त केवल, २५ लाख ऋण कसरी दिने भन्ने कार्यविधि । यस बाहेक दातृ निकायले स्टार्टअपको विकासका लागि ट्रेनिङ कार्यक्रम, इन्क्युबेसन चलाउँदै आएका छन् । विश्वविद्यालय अनुदान आयोगले समेत आन्टरप्रेनर सपोर्ट कार्यक्रम सुरू गरेको छ । 

केही काम सुरू गरेका छन् तर त्यसलाई लगातार मोनिटर गर्ने, इन्क्युबेट गर्ने, स्केलअप गर्ने एजेन्सीहरू छैन् भने त्यो स्टार्टअप कति सम्म अगाडि जान सक्छ ? कोरोनाको समयमा सानो स्केलमा बिजनेसहरू धेरै थिए । तर अहिले अधिकांश बन्द भए किनभन्दा तिनिहरूलाई लगातार सपोर्ट भएन । दिगो व्यवसाय हुनका लागि लगातार सपोर्ट चाहिन्छ ।

null

शैक्षिक संस्थाका पाठ्यक्रम पनि समय अनुसार परिमार्जन हुन सकेका छैनन् । देशकै ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कतिपय पाठ्यक्रम ८-१० वर्षदेखि परिवर्तन भएका छैनन । तर विश्व डायानामिक्समा धेरै परिवर्तन आइसकेको छ ।

पढेर राम्रो अंक ल्याउनुपर्छ, टप गर्नुपर्छ, नल्याए काम छैन् भन्ने मानसिकता हटाउनु पर्छ । शैक्षिक संस्थाले स्किलमा जोड दिनुपर्छ । डिग्री भनेको एउटा आधार मात्रै हो तर भविष्यमा आफ्नो करियरमा ग्रोथ दिने काम सीपले नै गर्छ । टप गर्दैमा राम्रो अंक ल्याउँदैमा भविष्य राम्रो हुन्छ भन्ने छैन् ।

हरेक संस्थामा काम गर्ने मानिस चाहिन्छ । त्यसकारण विद्यालय तहदेखिनै विद्यार्थीमा उद्यमी माइन्डसेट विकास गर्न सक्नुपर्छ । कम्पनीहरूले हाइरिङ गर्दा पनि उद्यमी सोच भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्छ । त्यसले उद्यमी माइन्डसेट भएको मानिसलाई पनि फाइदा पुग्छ र उसले आफ्नो ओनरसीपको फिल गर्छ । कम्पनीलाई समेत फाइदा पुग्छ । 

यस बाहेक परिवारले पनि आफ्ना छोराछोरीसँग आफुसँग भएको ज्ञान हस्ताक्षण गर्नुहोस्, उनीहरूको कुरा पनि सुनिदिनुस् । अहिलेको पुस्ताले हलो, जुवा, आरण, हसिया चिन्दैनन् । कम्तिमा तपाईसँग भएको नेपाली परम्परागत ज्ञान छ त्यसलाई अरूमा हस्ताणतरण गर्नुहोस् । जसलाई नयाँ पुस्ताले त्यसमा इन्नोभेसन ल्याएर अझै अगाडि बढाउन सक्छ । कम्तिमा हरू नभए पनि, उसले हिजोका उद्यमशीलताका अभ्यासहरू थाहा पाउन सक्छ । 

पहिला पहिला नेपालमा पूर्व व्यवसायिक र नैतिक शिक्षा विद्यालय तहमै पढाइ हुन्थ्यो । पूर्व व्यवसायिक शिक्षा भनेको आन्टरप्रेनर विकास गराउने शिक्षा हो । अहिले हामीले विद्यालयमा ती विषयहरू पढाइरहेका छौं कि छैनौं ? म सोध्न चाहन्छु । कहिलेसम्म पढायौं, कहिलाबाट छोड्यौं ? त्यसको मूल्यांकन गरौं । अनि युवाहरूमा वितृष्णा बढ्दैन् ।

हिजोको शिक्षा प्रणालीमा हाम्रो मूल्य मान्यता र संस्कारलाई जोडिएको थियो । माटोको भाडा कसरी बनाउने ? काठका भाडा कसरी बनाउने ? कागजबाट विभिन्न प्रडक्ट कसरी बनाउने त्यो सिकाइन्थ्यो, जसले गर्दा विद्यार्थीमा उद्यमशीलताको भावना आउथ्यो ।

एकजना मात्रै विद्यार्थी पनि उद्यमी बन्यो भने उसले कम्तिमा एकजनालाई रोजगारी दिन्छ । हो, समस्या समाधान गर्ने भनेको नै यसरी हो । फेसबुक आज यत्तिकै विश्वव्यापी भएको होइन । ईसेवा, खल्ती आज त्यतिकै स्थापित भएका होइनन् । ग्राहककको भविष्यको समस्या समाधान गर्नुस् । इकोसिस्टम विकास गर्नमा तपाईको भूमिका ठूलो हुन्छ । 

स्टार्टअप इकोसिस्टम विकासमा एन.हब 

नेपाल हबको छोटो रूप ‘एन.हब’ हो । एन.हबलाई नेपालको सबैभन्दा ठूलो स्टार्टअप हब बनाउने भनेर काम गरिरहेका छौं । यसले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलता विकासदेखि आईडिएसदेखि स्केलअपसम्ममा सहयोग गर्नेछ । यसका लागि कुनै शुल्क तिर्नु पर्दैन् । 

एन.हबले उद्यमशीलताको यात्रा सुरू गर्न चाहनेहरूलाई सुरूवातदेखि दिगो विकासम्मका लागि सहयोग, मेन्टरसीप, तालिम, स्केलिङ, फण्डिङ लगायतका सबै कुराको सपोर्ट गर्नेछ । स्टार्टअप इकोसिस्टमलाई भाइब्रेन्ट बनाउनका लागि विभिन्न कार्यक्रमहरू ल्याउँदै छौं ।

null

एन.हबसँग भारत, फिन्ल्याण्ड, अमेरिका, चीन स्टार्टअप इकोसिस्टमका ८०० बढी मेन्टरहरू जोडिएका छन् । अहिले हामीले २५ वटा फ्ल्यागशीप कार्यक्रमहरू विकास गरिरहेका छौं, जसलाई ग्रासरूटसम्म पुर्‍याउँदै छौं । सरकारलाई पनि हामी घचघच्याउँदै छौं ।

विद्यालय तहबाटै उद्यमशीलता विकास गर्न हामीले कोर्ष विकास गरेर पाइलटिङको रूपमा केही विद्यालयसँग सहकार्य गरेर काम अगाडि बढाएका छौं । समग्रमा एन.हबमा समस्याको पहिचान कसरी गर्ने ? समाधान कसरी गर्ने र त्यसलाई बिजनेसमा कसरी लैजाने भन्ने सिकाउँछौं । अहिले ग्लोबल इन्नोभेसन इन्डेक्समा नेपाल १११ औं स्थानमा छ । अबको ३ देखि ५ वर्षमा ५०औं स्थानमा ल्याउने गरी काम गर्दैछौं ।   

(एन.हबका संस्थापक भट्टराईसँग आईसीटी समाचारले गरेको कुराकानीमा आधारित )