कीवर्डहरू -

समाजमा योगदान पुर्‍याउने पाँच महिलालाई एनवाईईएफ काठमाडौंद्वारा सम्मान

समाजमा योगदान पुर्‍याउने पाँच महिलालाई एनवाईईएफ काठमाडौंद्वारा सम्मान

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौंले सूचना प्रविधि, स्टार्टअप, उद्यमशीलता लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका महिलाहरूको सम्मानमा ‘सेलिब्रेटिङ ट्रेलब्लेजर्स’ कार्यक्रम आयोजना गरेको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शिखर इन्स्योरेन्ससँगको सहकार्यमा एनवाईईएफ काठमाडौंले । महिलालाई प्रेरित गर्न र भएका प्रयासलाई एउटा प्लेटफर्म प्रदान गर्न सो कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा इमोसनल इन्टेलिजेन्स विषयमा डा. भावना श्रेष्ठ र महिलाको सम्पत्ति हकको विषयमा निदा दून मल्लले वर्कशप सञ्चालन गरेको थिइन । 

वर्कशपपछि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले समाजमा योगदान पुर्‍याउने महिलालाई सम्मान गरेको थिइन । 

सम्मान हुनेमा पहिलो महिला बडिबिल्डर रजनी श्रेष्ठ, अग्निनियन्त्रक रति ढुंगाना, अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने उद्यमी गंगा छन्त्याल, सामाजिक परिवर्तनको वकालत गर्ने कलाकार रसना बज्राचार्य र उद्यमशीलता इकोसिस्टम इनेबलर जुना माथेमा रहेकी छन् । 

जोन्टा, वुमन इन आईटी, पार्थ स्टुडेन्ट भेन्चर, वुमन लिड नेपाल र म्यानेजमेन्ट एसोसिएसन नेपाल जस्ता महिला नेतृत्वका फोरमका प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाइएको थियो । 

एनवाईईएफ काठमाडौंले पहिलो पटक विभिन्न क्षेत्रका महिलाहरूलाई एउटै प्लेटफर्ममा ल्याउन पहल गरेको अध्यक्ष प्रार्थना शाखःले बताइन । 

यस्ता खालका कार्यक्रमले महिलाको विकास र सशक्तिकरणका लागि अनुकूल सुरक्षित वातावरण स्थापना गर्ने उनको भनाइ छ ।