इसेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ । इसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो ।
इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजार देखि २ लाखसम्म इजी लोन प्रदान गर्नेछ ।
व्यवसाय सञ्चालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ ।
इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरूको भनाइ रहेको छ ।