कीवर्डहरू -

प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको मोबाइल एप गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ । यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट एप हो ।

इसेवाले १ करोड डाउनलोडलाई ‘खुसिका १ करोड पलहरु’ भनेर मनाएको छ । इसेवाका सीईओ जगदीश खड्काले भविष्यमा नयाँ नयाँ प्रविधिहरू र नवीनताको साथ प्रयोगकर्ताहरूलाई थप अनुकुल बनाउँदै लैजाने बताए । 

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याएको छ । 

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ ।

सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग १ करोड भन्दा बढि दर्ता भएका ग्राहकहरू, २५०,००० भन्दा बढि एजेन्टहरू, ४९ बैङ्कहरू, ४५ लघुवित्तहरू ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन्।