कीवर्डहरू -

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

इसेवाको दशैं-तिहार चाडपर्वको अफर, जुनसुकै कारोबार गर्दा नामी कार जित्न सकिने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दशैं तिहार र छठ पर्व लक्षित गरेर ‘इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । 

यस अफर अन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।

यसका साथै, १०० रूपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । मात्र १०० रूपैयाँमा यो खेल खेल्न सकिने छ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन् ।

त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ । 

उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरु: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नुहुनेछ । यी अफरहरूबारे थप जानकारीहरु इसेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिनेछ ।