कीवर्डहरू -

इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार

इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार

इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । फेसबुकमार्फत लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् । 

गत असोज १ देखि कार्तिक ३० गतेसम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । 

यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो । 

इसेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवामार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, १०० रूपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो । 

इसेवा महाउत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभमार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ । 
सरोज कुमार पाण्डे र अविन गुरू अचार्यले १०० रूपैयाँको खेलमा आइफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा  सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ हात पारेका थिए ।

नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिदै इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरुको संलग्नता र साझेदारहरुको प्रतिक्रिया अत्याधिक उत्साहजनक रहेकोले थप उर्जा प्रदान गरेको बताए । 

‘इसेवाको मूल लक्ष्य भनेको नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीहरूको समाधान गर्नु हो र यसका लागि हामी सधैं नवप्रवर्तनहरूमा काम गर्दै जानेछौं,’ उनले भने, ‘साथै प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पुरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागि रहनेछौँ । इसेवाको साथ हामी सबै मिलेर एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढिरहेका छौं, जसले हाम्रो जीवनलाई थप सहज र समृद्ध बनाउनेछ ।’