कीवर्डहरू -

ईभी ब्राण्ड ओमोडाले विश्वकपमा क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा बिरुवा रोप्ने

ईभी ब्राण्ड ओमोडाले विश्वकपमा क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा बिरुवा रोप्ने

नेपालको अग्रणी विद्युतीय गाडी (इभि) ब्रान्ड ओमोडाले ‘आइसिसि पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘Nepal Scores, OMODA grows’ नारामा एक वातावरणीय योजना ल्याएको छ । 

दोश्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा मा ओमोडाले बिरुवा रोप्ने छ । यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ ।

यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन् । एसपिजि अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको बताए । 

यस अभियानले सस्टेनेबल मोबिलिटि (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी हुने कम्पनीको विश्वास छ ।