स्पोटिफाइले आफ्नो लसलेस स्ट्रिमिङ सेवा पेड सब्सक्राइबरका लागि सार्वजनिक गरेपछि अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि नयाँ सुविधा ल्याएको छ।
कम्पनीले सोमबार घोषणा गरेअनुसार, अब विश्वभरका निःशुल्क प्रयोगकर्ताले आफूले चाहेको कुनै पनि गीत सर्च गरेर प्ले गर्न सक्नेछन्, वा साथी वा सामाजिक सञ्जालमा फलो गरेका कलाकारले शेयर गरेको गीत सुन्न सक्नेछन्।
स्पोटिफाइले यी नयाँ सुविधालाई पिक एण्ड प्ले, सर्च एण्ड प्ले र शेयर एण्ड प्ले भनेर नाम दिएको छ। पिक एण्ड प्ले अन्तर्गत प्रयोगकर्ताले चाहेको गीत सिधै छानेर प्ले गर्न सक्नेछन्।
सर्च एण्ड प्लेमार्फत गीत सर्च गरेर सुन्न सकिनेछ। सेयर एण्डबाट सामाजिक सञ्जालमार्फत शेयर भएको गीत सिधै स्पोटिफाइमा खोलेर सुन्न सकिनेछ।
यसअघि निःशुल्क प्रयोगकर्ताहरूले मोबाइलमा सानो संख्यामा मात्रै स्किप गर्न पाउने गरी सफ्क मोडमा गीत सुन्ने सुविधा पाउँथे। तर नयाँ अपडेटपछि उनीहरूलाई निश्चित ‘अन डिमाण्ड टाइम’ दिइनेछ। त्यो समय सकिएपछि पुनः पुरानै जस्तै सीमित स्किप सुविधा मात्र उपलब्ध हुनेछ। स्पोटिफाइले कति समयसम्म यस्तो फ्री ‘अन डिमाण्ड टाइम’ उपलब्ध हुन्छ भन्ने खुलाएको छैन।
यद्यपि, कम्पनीले प्रिमियम प्रयोगकर्ताहरूमा भने यस्ता कुनै सीमितता लागू नहुने स्पष्ट पारेको छ। स्पोटिफाइको हालको प्रयोगकर्ता आधारमा फ्री प्रयोगकर्ता नै धेरै छन्।
हालसालैको त्रैमासिक तथ्यांकअनुसार, कम्पनीसँग ६९६ मिलियन मासिक सक्रिय प्रयोगकर्ता छन्, जसमा ४३३ मिलियन निःशुल्क (विज्ञापनसहित) प्रयोगकर्ता र २७६ मिलियन प्रिमियम (भुक्तानी गर्ने) सदस्य रहेका छन्।
कम्पनीले प्रिमियम प्रयोगकर्ताका लागि मात्रै राखिएका सुविधाहरू — जस्तै लसेस स्ट्रमिङ, एआई प्लेलिष्ट, मिक्स — यथावत रहने जनाएको छ। तर नयाँ भर्खरै आएको म्यासेज र व्यक्तिगत डेलिष्ट, प्लेलिष्ट भने फ्री र पेड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।
स्पोटिफाइले विज्ञापन व्यवसायलाई सबल बनाउन यी नयाँ सुविधाहरूले निःशुल्क प्रयोगकर्ताको संलग्नता बढाउने र त्यसमार्फत विज्ञापन आम्दानी वृद्धिमा मद्दत गर्ने अपेक्षा राखेको छ।