त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षार्थीहरूको हाजिर अब अनलाइनबाटै बुझाउन मिल्ने बनाएको छ ।
परीक्षा केन्द्रहरुले परीक्षार्थीहरूको हाजिर अनलाइनबाटै गर्न सक्ने गरी परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणाली विकास गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा सञ्चालन गर्न उपत्यका भित्र र बाहिर तोकिएका परीक्षा केन्द्रहरुले परीक्षार्थीहरुको हाजिर अनलाइन पोर्टलबाटै दिने व्यवस्था गरेको छ ।
प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरुको परीक्षा २०८१ साल पौष १७ गतेदेखि संचालन हुँदैछ । यस अनुसार व्यवस्थापन संकायको परीक्षा विहान ७:०० बजेदेखि १० बजेसम्म र अन्य (विज्ञान, शिक्षा र मानविकी) को परीक्षा दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म संचालन गर्न उपत्यका भित्र र बाहिर तोकिएका परीक्षा केन्द्रहरुले परीक्षार्थीहरुको हाजिर अनलाइनबाट गराउनु पर्नेछ ।
यसका लागि सुरूमा अनलाइन पोर्टलको स्टुडेन्ट एटेन्डेन्स मेन्युमा जानु पर्नेछ । त्यसको रूम असाइन गर्ने, स्टुडेन्ट एटेन्डेन्स मेन्युमा गई परीक्षा सेलेक्ट गरेर प्रोग्राम वाइज हाजिर गर्ने र फिजिकल एटेन्डेन्स फाइल अट्याच गर्नुपर्नेछ ।