कीवर्डहरू -

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको छानबिन समितिको म्याद थप

एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको छानबिन समितिको म्याद थप

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा उच्चस्तरीय अध्ययन तथा छानविन समितिको कार्यावधि थप भएको छ । 

पुस २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको अध्ययन तथा छानविन समितिको म्याद माघ १५ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

 मन्त्रिपरिषद्को गत मंसिर २१ गते बसेको बैठकले एनसेनको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानविन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो ।