कीवर्डहरू -

भाइबरको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरू

भाइबरको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरू

नयाँ वर्षको अवसरमा राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गरेको छ । 

देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने विश्वाससहित नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गरेको हो । 

यसका लागि भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ ।

चैत्र ७ गतेदेखि एक्स्प्लोर नेपाल च्यानलका सब्सक्राइबरहरूलाई छ हप्ताको भर्चुअल अभियानमा नेपालका विविध भू-भागहरूमा रमाइला पोष्टहरू गर्दै, अमूल्य अन्तर्दृष्टिहरू दिँदै र यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्नेछन् । 

यस बाहेक च्यानलले प्रत्येक हप्ता एक क्विजको आयोजना गर्नेछ, जहाँ सहभागीहरूले बस सेवामार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकट, प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट, सस्तो टिकटले एक भाग्यशाली विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट जित्न सक्ने छन् । यस्तै बम्पर प्राइजमा प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्नेछन् ।