आइसिटी अवार्ड २०२४ को आवेदन दिने समय थप भएको छ । यसअघि आवेदन पठाउने अन्तिम अवधि भदौ १५ गतेसम्म तोकिएको थियो ।
तर आवेदनकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै आवेदन पठाउने अवधि थप गरिएको आइसिटी अवार्डले जनाएको छ । अब अवार्डको क्याटोगोरी ए अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ, स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा आउँदो भदौ २३ गते आइतबारसम्म आवेदन दिन सकिने छ ।
यस्तै क्याटोगोरी बी र सी अन्तर्गत नेपाली डायस्पोरा, आन्ट्रप्रेनर, प्रोफेसनल, वुमन आइकन, पायोनियर, डिजिटल एजुकेसन, डिजिटल सर्भिसेस र डिजिटल गभर्नेन्स विधामा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
त्यसैगरी सार्क राष्ट्रलाई लक्षित गर्दै प्रदान गर्ने साउथ एशिया स्टार्टअप आइसिटी अवार्डमा असोज ३० गतेसम्म नोमिनेसन पठाउन सकिने छ ।
यदी तपाई पनि सूचना प्रविधि क्षेत्रमा कुनै स्टार्टअप, प्रडक्ट वा इन्नोभेसन छ वा यस क्षेत्रमा योगदान दिइरहनु भएको छ भने यहाँ क्लिक गरेर इच्छुक विधामा आवेदन दिन सक्नुहुनेछ ।
यस बाहेक तपाईको कुनै साथिभाइ, आफन्त वा चिनेको कसैले आईटी क्षेत्रमा काम गरिरहनु भएको छ भने पनि तपाईले आफै उहाँहरूको नोमिनेसन पठाइदिन समेत सक्नुहुनेछ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा यस वर्ष विभिन्न १४ विधामा अवार्ड प्रदान गरिदै छ ।
दर्जनौ प्रि इभेन्ट र छनौट प्रकृयाका ३० बढी मिटिङ र विभिन्न वैज्ञानिक प्रकृयाहरु अपनाएर आइसिटी अवार्डका विजेताहरुको छनौट गरिनेछ ।
१५ बढी जुरी सदस्य र १० बढी जुरी सल्लाहकार रहेको अवार्डको छनौट प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन ६ महिनाको समय व्यतित हुँदै आएको छ ।