कीवर्डहरू -

फिंगरप्रिन्ट र फेस अनलक प्रविधि भयाे पुरानो, अब सास फेरेरै फोन अनलक गर्न सकिने

फिंगरप्रिन्ट र फेस अनलक प्रविधि भयाे पुरानो, अब सास फेरेरै फोन अनलक गर्न सकिने

अब सास फेरेरै फोन अनलक गर्न सकिने भएको छ । जब स्मार्टफोनमा फेस अनलक र फिंगरप्रिन्ट जस्ता फिचरहरू आए, तब यो सेक्युरिटी तोड्ने कुनै उपाय नभएको दाबी गरिएको थियो तर समयसँगै यो पनि टुट्यो । कसैले तस्बिर देखाएर फोन अनलक गरे भने कसैले सुतिरहेका प्रयोगकर्ताको औंलाले फोन अनलक गरे ।

अब यी सबै सुरक्षा प्रणालीहरू उल्लङ्घन गरिएका छन् । छिट्टै तपाईले आफ्नो फोनलाई सास फेर्दै अनलक गर्न सक्षम हुनुहुनेछ । यसको ठूलो फाइदा यो हुनेछ कि मृत व्यक्तिको फोन अनलक गर्न सकिँदैन, जुन फिंगरप्रिन्टको मामलामा सम्भव छ ।

चेन्नईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका महेश पञ्चगुला र उनको टोलीले आफ्नो प्रयोगपछि यो दाबी गरेका हुन् । टोलीका अनुसार हावाको चाप सेन्सरबाट सङ्कलन गरिएको श्वासप्रश्वासको तथ्यांकबाट यो प्रयोग गरिएको हो । टोलीको उद्देश्य यो डाटाको सहयोगमा एआई मोडल बनाउनु मात्र थियो ।

अनुसन्धान टोलीका अनुसार उनीहरूको एआई मोडेलले कसैको सासको डाटा विश्लेषण गरेपछि, यसले विश्लेषण गरेको सास त्यो व्यक्तिको हो वा होइन भनेर ९७ प्रतिशत सटीकताका साथ प्रमाणित गर्न सक्छ ।

अनुसन्धान टोलीका अनुसार यो एआई मोडलले सास फेर्दा मानिसको नाक, मुख र घाँटीबाट उत्पन्न हुने टर्ब्युलेन्सको ढाँचालाई राम्ररी चिन्न सक्छ । हरेक मानिसको श्वासप्रश्वासको गडबडी फरकफरक हुन्छ ।