केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् ।
सरकारले सामाजिक सञ्जाल खुला गर्नका लागि कुनै निर्णय गरेको छैन् । तर सेवा प्रदायकले स्वत:स्फूर्त रूपमा फेसबुक लगायतका सामाजिक सञ्जाल भीपीएन बिना नै चल्ने बनाएका हुन् ।
जनतालाई सहयोग गर्न सामाजिक सञ्जाल खोलिएको सेवा प्रदायकको भनाइ छ । सरकारले नेपालमा सूचीकरण नभएको फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल बन्द छ ।
सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजीहरूले आज देशका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।