फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम पनि समावेश गरेसँगै अब आम्दानी गर्न सकिने छ ।
फेसबुक पेज र प्रयोगकर्ताले आफ्ना पोस्ट, रिल्स, टेक्स्ट तथा स्टोरीमार्फत समेत आम्दानी गर्न सक्नेछन् ।
यसअघि पनि केही कन्टेन्ट क्रियटरले विदेशमा लोकेसन राखेर आम्दानी गर्दै आएका थिए । तर अब मेटाले आधिकारिक रूपमा नेपाललाई मोनेटाइजेसन इलिजिबल कन्ट्रीको लिस्टमा राखेसँगै नेपालबाटै मोनिटाइज सुविधा उपलब्ध हुनेछ । साथै गरेको आम्दानी नेपाली बैंकबाट झिक्न सकिने छ ।