कीवर्डहरू -

फेक शटडाउन स्मार्टफोन स्क्याम: बन्द देखिने फोनबाट माइक्रोफोन र क्यामेरा प्रयोग हुने खतरा

फेक शटडाउन स्मार्टफोन स्क्याम: बन्द देखिने फोनबाट माइक्रोफोन र क्यामेरा प्रयोग हुने खतरा

तपाईंले आफ्नो स्मार्टफोन बन्द गरे पनि, त्यो कसैलाई तपाईंको लोकेसन, सन्देश वा डेटा पठाइरहेको हुन सक्छ। अलि अनौठो सुनिन्छ तर यो सम्भव छ। साइबर अपराधीहरूले हाल यस्तो तरिका पत्ता लगाएका छन् जसमा फोन बन्द भएपछि पनि डेटा पठाइरहन्छ। यसलाई ‘फेक शटडाउन स्मार्टफोन स्क्याम’ भनिएको छ।

कसरी हुन्छ यो स्क्याम?

आधुनिक स्मार्टफोनमा शटडाउन भएपनि केही सिस्टम लो-पावर मोडमा चलिराख्छन् जस्तै नेटवर्क मोड्युल, सिक्योरिटी लाइन र सिग्नल प्रोसेसर। यी नै सिस्टमहरू अपराधीहरूका लागि अवसर बन्छन्। फ्रडरहरूले फोनमा एउटा मालवेयर इन्स्टल गर्छन्, जसले फोनले बन्द भएको जस्तो नकली स्क्रिन देखाउँछ। स्क्रिन कालो पर्दा भएर फोन 'डेड' जस्तो देखिन्छ, तर वास्तविकतामा लोकेसन अन रहन्छ। त्यसैगरी माइक्रोफोन एक्टिभ रहन्छ र क्यामेरा प्रयोग हुन सक्छ। यसबाट वाट्सएप वा कल डेटा चोरी भइरहन्छ।

फोनमा मालवेयर कसरी जान्छ?

अधिकांश केसहरूमा मालवेयर फेक डेलिभरी मेसेज, कुरियर लिंक, लोन एप वा क्विक मनी एप जस्ता एपमार्फत फोनमा छिर्छ। कहिलेकाहीँ बैंक फर्म वा एपीके फाइल वा थर्ड पार्टी एप स्टोरबाट डाउनलोड गर्दा पनि। एक पटक मालवेयर इन्स्टल भएपछि सिस्टम-लेवल पर्मिसन माग्छ। यदि प्रयोगकर्ताले गल्तीले अनुमति दिए भने त्यो वास्तविक शटडाउनलाई ओभरराइड गर्नसक्छ।

भर्खरका घटनाहरूमा फेला परेको छ कि पीडितको फोन बन्द भएको देखिए पनि मोबाइल टावरसँग सिग्नल पठाइरहेको थियो। फोरेन्सिक टिमहरूले लगहरूमा देखेका थिए कि एसडीके स्तरमा बसेको मालवेयर रेडियो मोड्युललाई एक्टिभ राखिरहेको थियो। यसरी अपराधीहरूले पीडितको हरेक मूवमेन्ट र लोकेसनमा निगरानी गर्न सजिलो भएको थियो।

बच्ने उपायहरू

  1. अञ्जान एपीके वा लोन एप वा डेलिभरी/कुरियर लिंक नखोल्नुहोस् — यी माध्यमबाट मालवेयर आउन सक्छ।

  2. कुनै एपलाई एक्सेसिबिलिटी परमिसन नदिनुहोस् र झुटा/अनजान एपलाई डिभाइस एडमिन नबनाउनुहोस्।

  3. एप इन्स्टल गर्ने अनुमति मात्र प्ले स्टोरमा सीमित राख्नुहोस्; तेस्रो-पक्ष स्टोरहरूबाट नडाउनलोड गर्नुहोस्।

  4. सिस्टम-लेवल पर्मिसन दिने बेलामा धेरै सावधान हुनुहोस् — अनपेक्षित अनुमति माग्ने एपहरू नदिने।

  5. शटडाउन गर्दा फोनलाई वाइब्रेशनमा राख्नुहोस् , नोट: यो उपाय पूर्ण सुरक्षा होइन तर प्रयोगकर्तालाई वास्तविक शटडाउन संकेत देखाउन मद्दत गर्न सक्छ।

  6. नियमित रूपमा सिस्टम र एप अपडेट गर्नुहोस् र विश्वसनीय एन्टिभाइरस/मालवेयर स्क्यानर प्रयोग गर्नुहोस्।

  7. अनधिकृत/ह्याक गरिएको रिपोर्ट देखेमा फोरेन्सिक वा प्रोफेशनल सहयोग लिनुहोस्।